सेनालाई ठेक्कापट्टामा होईन सङ्कटकाे घडीमा राम्रैसँग परिचालन गर्न हुन्छ र पर्छ तर संविधानका धाराहरू देखाउँदै।” प्रेम रिमाल”

 

प्रेम रिमाल
(बुद्धिजीबी)

सेना, प्रहरीलाई सङ्कटकाे याे घडीमा राम्रैसँग परिचालन गर्न हुन्छ र पर्छ तर संविधानका धाराहरू देखाउँदै ठेक्कापट्टामा लगाउने काम गरियाे भने पछुताउनुपर्छ ।

सरकारले किनेका सामग्री लिन कुटनैतिक व्यवस्था मिलाएर संसारभर सेनालाई पठाउन हुन्छ ।

विदेशबाट किनेर ल्याइएका, अनुदानमा प्राप्त, अनि ऋणस्वरूप उपलब्ध भएका सामानहरूकाे वितरण व्यवस्थापनमा ( ढुवानीका लागि ) सेना र सशस्त्र प्रहरीकाे प्रयाेग गर्नु राम्राे हुन्छ तर नागरिक प्रशासनकाे नेतृत्वमा ।

स्वास्थ्य सुरक्षाका वैज्ञानिक उपायहरू अवलम्बनगरी ठूलाे सङ्ख्यामा क्वारेन्टाइन सञ्चालन गर्नपर्ने ठाउँमा खाना र सुरक्षा व्यवस्थापनकाे लागि सेनाकाे प्रयाेग उपयाेगी हुन्छ ।

राहत वितरणका लागि स्थानीय जनप्रतिनिधिहरूकाे नेतृत्वमा सेनाकाे घुम्ती टाेली (सामग्रीसहित) हिँडाउँदा बढी अनुशासित र सुरक्षित किसिमले वितरण कार्य हुनसक्छ ।

आपत्कालीन याे परिस्थितिमा छाेटाे विधिबाट सकेसम्म पारदर्शीता अपनाएर बस्तु र सेवाकाे खरिद गर्ने र आयात, वितरण र संरक्षणमा अनुकुलता हेरी राज्यका कुनै पनि निकायलाई परिचालन गर्नु नै सरकारकाे कर्तव्य हाे ।

सकेसम्म सम्माननीय प्रधानमन्त्रीले एकदिन बिराएर जनतालाई याे विपतकाे घडीमा धैर्य नगुमाई एकजुट भएर लाग्नका लागि अपिल गर्दा जनमानसमा उत्पन्न शङ्काउपशङ्का कमहुने देखिन्छ ।

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) काे सचिवालय याे अवस्थामा सकेसम्म सुरक्षित दुरी कायम राखी एउटै ठाउँमा बस्ने छलफल गर्ने, आपत्कालीन परिस्थितिमा त्यसमा पनि प्रधानमन्त्रीकाे स्वास्थ्य कमजाेर रहेकाे अवस्थामा सरकारलाई पुरै अभिभाकत्व प्रदान गर्नु र जनतालाई काेभिड१९ का विरूद्ध अनुशासित भई घरमै बसी सरकारलाई सहयाेग गर्न अनुराेध गर्ने ।

सत्तारूढ दलकाे मुख्य नेतृत्वले प्रतिपक्षी दलसँग नियमित छलफल गर्ने सुझाव लिने र राष्ट्रिय एकताकाे भाव व्यवहारबाटै प्रदर्शन गर्नका लागि पक्ष र प्रतिपक्षका नेताहरूले संयुक्तरूपले देशवासीका नाममा संवाेधन गर्ने, आआफ्ना, प्रदेश र स्थानीय कमिटीहरूलाई एकताबद्ध भई जनसेवामा जुट्न अपिल गर्ने ।

स्वास्थ्य क्षेत्रमा रहेका चिकित्सक र अन्य सबै काेराेना परीक्षण, निदान र निराकरणका गतिविधिमा लाग्ने प्राविधिकहरूबाट भएका ससाना कमजाेरी अेाेंल्याएर अनावश्यक रूपले जनमानसमा बदनाम गराउने, सरकारी तवरबार निरूत्साहित गर्ने काम तत्काल राेकी याे महामारीका विरूद्ध लड्न अभिप्रेरित गर्ने कामकाे पनि अभाव देखिएकाे छ ।

जनप्रतिनिधि मात्र नभएर गाउँ समाजमा रहेका सहयाेगी साहुमहाजन, स्वयम्सेवी सामजिक कार्यकर्ता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका गैह्र सरकारी संस्थालाई पनि याे सङ्क्रमणका विरूद्ध जुटाउनु आजकाे आवश्यकता हाे ।

Facebook Comments