कञ्चनपुरका ४१ वर्षीय एक नागरिकलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको पुष्टि भएपछि सीमाक्षेत्रमा खटिएको शसस्त्र प्रहरीले थप सावधानी अपनाएको छ।
भारतको उत्तराखण्डबाट ती सङ्क्रमित व्यक्ति गत चैत १४ गते लुकीछिपी कञ्चनपुरको ब्रह्मदेव नाकाबाट स्वदेश आएका थिए। “भारतबाट नेपाल प्रवेश गर्दा त्यो दिन पाँच जनाको समूह हाम्रो ढोकामा आइपुग्यो,” ब्रह्मदेवस्थित शसस्त्र प्रहरी बल बिओपी पोष्टका प्रमुख शसस्त्र प्रहरी निरीक्षक रामराज खनालले भने–“गाडीको पछाडि राखेर हाम्रो टोलीले गड्डाचौकी पुर्याएको थियो।”

उनले सो दिन खटिएका शसस्त्र प्रहरीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको बताए। “उद्धार गरिएकामध्ये एक जनालाई सङ्क्रमण देखिएपछि त्यो दिनको ड्युटी टोली ब्यारेकभित्रै सेल्फ क्वारेन्टाइनमा छ” उनले भने–“हाम्रोमा अवस्था सामान्य छ, कुनै समस्या छैन।”
शसस्त्र प्रहरी बलले गत चैतको पहिलो सातादेखि नै कञ्चनपुरको सीमानाकामा कोरोना भाइरस नियन्त्रणका लागि आवश्यक सावधानीका साथ खटिएको शसस्त्र प्रहरीले जनाएको छ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021