भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा भएको धार्मिकसभामा सहभागी भएर मधेसका जिल्लामा सयौं मुसलमान प्रवेश

 

कोरोना भाइरस (कोभिड–१९) बाट जोखिन सरकारले देशैभर लकडाउन र सीमा नाका समेत ठप्प पारेको छ। तर, पनि सीमा नाकाबाट भारतीय लुकिछिपी मधेसका जिल्ला आउन छाडेका छैनन्।

सीमा नाका ठप्प भएको बेलामा भारतको राजधानी नयाँदिल्लीको निजामुद्दिनमा भएको धार्मिकसभामा सहभागी भएर मधेसका जिल्लामा सयौं मुसलमान प्रवेश गरेका थिए। सप्तरी, महोत्तरी, पर्सा र रौतहटका जिल्लामा भारतबाट सीमा नाका ठप्प रहेको अवस्थामा लुकिछिपी प्रवेश गरेपछि प्रहरीले नियन्त्रणमा लिए। अहिले उनीहरूलाई क्वारेन्टाइनमा राखिएको छ।

चैत २२ गते राति महोत्तरीको सीमा नाकाबाट १५ जना मुसलमान प्रवेश गरे। उनीहरू महोत्तरीको एकडारा गाउँपालिका–५ बहेरा टोलमा लुकेर बसेको सूचना सामाजिक अभियन्ता सरोज रायले पाए। उनी आइतबार दिउँसो प्रमुख जिल्ला अधिकारी र प्रहरी अधिकारीसँग समन्वय गरेर भारतीय मुसलमानलाई खोज्न जनकपुरबाट महोत्तरी हिँडे।

स्वास्थ्यकर्मी राकेश यादवलाई समेत लिएर एकडारा पुगेका अभियन्ता रायले गाउँपालिका प्रमुख छविला राहलाई पनि भारतीय मुसलमान आएर लुकेर बसेको विषयमा जानकारी गराए। प्रमुख साह आश्चर्यमा परे। उनलाई सुरुमा विश्वास लागेकै थिएन।

भारतीय मुसलमान बहेरा टोलस्थित मदरसामा लुकेर बसेको सूचना पाएका थिए रायले। उनी सिधा त्यहाँ पुगे। तर, कोही भेटिएनन्। त्यसपछि उनले त्यहाँका वडाध्यक्ष शेराजुदिलको पनि सहयोग लिए। भारतीय मुसलमान कहाँ बसेका छन् भन्ने पत्तालगाउन सोधपुछ जारी राखे। केही महिलाले नयाँ अनुहारका व्यक्तिलाई देखेको बताए। तर, कहाँ बसेका छन् भन्ने कुरा थाहा नभएको प्रतिक्रिया दिए।

खोजतलास जारी राखेपछि उक्त टोलीले ती भारतीय मुस्लिम किशोरहरू बसेको ठाउँ पत्ता लगाएरै छाड्यो। एक स्थानीयको घरमा राखिएको घरमा १३ वर्षदेखि १८ वर्ष उमेर समूहका १५ भारतीय मुसलमान फेला परे। सोधपुछ गर्दा उनीहरूले युपीको एउटा मदरसामा अध्यनरत रहेको बताए।

Facebook Comments