कैलाली र कञ्चनपुरमा थप तीनजनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि सुदुरपश्चिम प्रदेशमा सङ्क्रमितहरूको सङ्ख्या चार पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ती चारजना सङ्क्रमितमध्ये तीनजना विदेशबाट आएका हुन् भने एकजनालाई स्थानीयस्तरमै सङ्क्रमण भएको पाइएको छ।
जानकारहरूका अनुसार ‘लकडाउन’ अघि र पछिका केही दिनहरूमा भारतबाट करिब डेढ लाखको सङ्ख्यामा मानिसहरू सुदुरपश्चिम भित्रिएका थिए।
तर तीमध्ये दुई सयजनाको समेत परीक्षण हुन सकेको छैन भन्दै उनीहरूले परीक्षणलाई तीव्र बनाउनु पर्ने कुरामा जोड दिएका छन्।
यस क्षेत्रमा एक हजार मात्र परीक्षण किट रहेको बताइएको छ।
सेती प्रादेशिक अस्पतालमा रहेको मेसिनले दिनमा चारवटा मात्र स्वाबको परीक्षण गर्न सक्छ।
फागुन १ गतेदेखि कोरोनाभाइरस सङ्क्रमण जाँच्न ‘थ्रोट स्वाब’ परीक्षणका लागि हालसम्म १५१ वटा पठाइएका मध्ये १८ वटा नमुनाको परीक्षण रिपोर्ट आउन बाँकी छ।
गएको मङ्गलबार जाँच्ने मेसिन धनगढी पुर्याइएपछि शुक्रवारदेखि मात्र यहीँबाट परीक्षण सुरु भएको थियो। त्यहाँ परीक्षण गरिएका कुनै पनि नमुनामा सङ्क्रमण नभेटिएको सेती प्रादेशिक अस्पताल धनगढीले जनाएको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021