द्रुत परीक्षण गर्न मिल्ने किटसहित तीनवटा जिल्लामा खटाउन लागिएको टोलीले चीनबाट किनेर ल्याइएको तर डब्ल्यूएचओले हालसम्म मान्यता दिइनसकेको भनिएको किट नै लिएर जाने भएका छन्।
यसबाट ती किटको पनि जाँच हुने बताइएको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने, “यसको क्षमता पुष्टि गर्नका निम्ति पनि पठाइएको हो।”
“यो किटले गर्ने परीक्षण र पीसीआर प्रविधिबाट गरिँदै आएको परीक्षणका नतिजा मिल्यो भने यसले नेपाललाई मात्रै नभएर अरू देशलाई पनि द्रुत परीक्षण उपयोगी हुँदो रहेछ भन्ने कुराको सन्देश जान्छ।”
उनका अनुसार विज्ञटोलीले “यति दिन भएका व्यक्तिलाई अहिले यसबाट परीक्षण गरेर हेरौँ” अनि त्यसपछि व्यापक स्तरमा जान सजिलो हुने बताएको छ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021