- 62Shares
भारतबाट फर्किएका दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सुदूरपश्चिमका स्थानीय सरकारहरूले संक्रमण फैलिन नदिने तीव्रताका साथ काम गरिरहेका छन्।
कोरोनासँगको लडाइँमा उनीहरूले दुइटा नीति तय गरेका छन्।पहिलो, संक्रमण फैलन रोक्ने। दोस्रो, उपचारका लागि अस्पताल पुर्याउने।
स्थानीय सरकारहरूले भारतबाट आएका नेपालीलाई क्वारेन्टिनमा राखिरहेका छन्। गाउँका विद्यालय क्वारेन्टिनमा रूपान्तरण भएका छन्। भारतबाट फर्किएर घरमा बसिरहेका कतिपयको निगरानी स्थानीयस्तरमै मिलाएका छन्।
कोरोनाको लक्षण देखापरे तत्कालै स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि नगरपालिका र गाउँपालिकाले स्वास्थ्य चौकीलाई २४ सै घन्टा खुला राख्ने निर्णय गरेका छन्। त्यस्तै गम्भीर लक्षण देखिएकालाई अस्पतालसम्म पुर्याउन एम्बुलेन्सको व्यवस्था गरेका छन्। केही गाउँपालिकाले भने स्ट्रेचरको जोहो गरेका छन्।
कोरोनाविरूद्ध काम गरिरहेका स्थानीय तहका जनप्रतिनिधिले संक्रमण फैलन रोक्नेसँगै लक डाउनले काम गुमाएकालाई राहत पनि बाँडिरहेका छन्
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021