- 688Shares
रमा बोहरा
साइकोलोजी अध्ययनरत बिध्यार्थी तथा शिक्षिका एबम महिला साइकिलिष्ट ।
धनगढी – ५ , हसनपुर ।
दुनिया आफ्नै रङगमन्चमा रमाइरहेको बेला चिनको वुहान सहर बाट राक्षसी रुपधारण गरेर आएको कोरना ले बिज्ञान प्रबिधिसंग रम्दै भौतिक सेवा मा तल्लिन मानव जातिमा ठुलो प्रलय निम्त्यायो । बिश्व का बिकशित भनाउदा देशका मान्छेहरु ले सामना गर्न नसकि सिकार बने बिशेस कारण मनोबिज्ञान र अहिले यो भय बाट पुरा बिश्व मानसको अस्तित्व नै सन्कट मा परेको छ।
म साइकोलोजि को बिद्यार्थी भएको नाताले यसलाइ नियालेर हेर्ने क्रममा यो अवस्थामा हामिले मानशिक रुप मा एकदमै शसक्त हुनुपर्ने छ, जब मानिस शारीरिक भन्दा मानसिक श्रम बढि गर्नेगर्दछ त्यहा मानशिक दबाब उत्पन्न हुन्छ र मान्छे रिसाहा ,सधै तनाब हुने , नराम्रो बिचार आउने , ,निरासा जस्तोको सिकार हुन पुग्छ र जो मान्छे लाइ मानशिक तनाब ले दिनरात गाब्छ त्यो मान्छे को प्रतिरक्षा प्रणाली तुलनात्मक रुपमा कमजोर हुन्छ र प्रतिरक्षा प्रणाली बलियो हुनको लागि मनमा सकरात्मक सोच सकरात्मक मानसिकताको बिकास हुनु जरुरी छ, जब हामि कुनै बस्तु प्रति को दृष्टिकोण परिवर्तन गरेर तेसको सकरात्मक पक्षलाइ नियाल्छौ भने हामिलाइ मानशिक उर्जा मिल्छ। दुनिया मा कोरनालाइ जित्ने औषधि भन्दा ठुलो हतियार जन्मजात रुपमा आफ्नै रगत मा लिएर आएका छौ, त्यो प्राकृतिक औषधी हाम्रो मनोबल हो, यो बिकराल परिस्थिति लाइ अनुकुल बनाउन अहिलेको नितान्त आवश्यकता उच्च मनोबल, र स्वस्थ्य मानशिकता हो।
हाम्रो देश का सर्वसाधारणमा कोरना को सन्त्रास सङै सम्पुण जनमानसमा अब जिवनको नै समाप्ति हुदैछ भन्ने भ्रम छ, र यो बखत सबैको मानशिकता एकदमै कमजोर बनाएको छ rबनको डर ले भन्दा मन को डर ले हामिलाइ झन रोगि बनाएर हाम्रो प्रतिरोधात्मक शक्तिमा प्रत्यक्ष असर पार्ने भयले मानशिक रुपमा सस्क्त हुदै, घर मै बसेर शारीरिक ब्यायाम देखि लिएर सम्पुण सुरक्षा का उपायहरु अपनाउ र कोरना बिरुद को लडाइ मा लडम।
कोरानासंग लड्न सकरात्मक दृष्टिकोण राख्दै यसको सकरात्मक पक्षलाइ हेरेर सन्तुष्ट हौ, अनि मात्र हाम्रो भय हट्छ, सन्सारको धमिलो आकासमा स्वस्थ्यता छाएको छ, बाताबरण प्रदुषण रोकिएको छ, जस्तै कुनै सुन्दर फुलेको फुल खस्यो भने सुक्छ त्यो हेरेर दुखि हुने गर्यो भने कुनै फाइदा हुन्न, बरु नया फुल्न्ने फुल झनै नया उमङ लिएर आउछ ।तेसैले बिनास सङै बिकास पनि हुन्छ भन्ने तथ्य लाइ मनन गर्दै बर्तमान मा हामिले कष्ट भोगे पनि दिर्घकालको लागि राम्रो हुनेछ्।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021