अत्यावश्यक मेडिकल सामग्री आयातबारे अझै अन्योल, दुई साता धान्ने स्टक बाँकी

 

कोरोनाभाइरसको सङ्क्रमण रोकथाम र उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री ल्याउन ढिला गरेको भन्दै सरकारले खरिद सम्झौता रद्द गरेको झन्डै एक साता भएको छ।

तर त्यस्ता सामग्री अब कहाँबाट कहिलेसम्म ल्याइसक्ने भन्नेबारे अन्योल देखिएको छ।

दुई देशका सरकारबीच समन्वय गरेर अर्थात् जीटूजी सम्झौतामार्फत् ल्याउने जिम्मेवारी दिइएको नेपाली सेनाले खरिद एकाइ गठनको प्रक्रियामा रहेको र सामानको उपलब्धताबारे विभिन्न देशसँग अनौपचारिक कुरा भइरहेको जनाएको छ।

विदेशबाट फर्किएका र तिनको संसर्गमा आएका हजारौँ मानिसलाई अहिले विभिन्न जिल्लामा क्वारन्टीनमा राखिएको छ भने १०० जनाभन्दा बढी व्यक्ति आइसोलेशनमा छन्।

Facebook Comments