- 44Shares
कक्षा ११ र १२ को परीक्षा स्थगित भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
विश्वव्यापी रूपमा फैलिरहेको नोभल कोरोना भाइरस संक्रमणको जोखिम बढेको असहज परिस्थितिले परीक्षा स्थगित गर्नुपरेको बोर्डले प्रस्ट पारेको छ।
यसअसघि बोर्डले कक्षा १२ को परीक्षा वैशाख ८ गते र कक्षा ११ को परीक्षा वैशाख ११ गतेदेखि सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको थियो।
बोर्डले परीक्षा स्थगित गरेपछि विद्यार्थी र अभिभावकलाई असुविधा पर्न गएको भन्दै क्षमा पनि याचना गरेको छ।
घरमै बसी स्वअध्ययन गरी परीक्षाको तयारी गर्न पनि बोर्डले सूचनामार्फत विद्यार्थीलाई आग्रह गरेको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021