शंकर ग्रुप तथा जगदम्बा स्टिल्सका सञ्चालक सुलभ अग्रवाल पक्राउ परेका छन्। प्रहरीले कालोबजारी गरेको आरोपमा उनलाई आज दिउँसो नक्सालबाट पक्राउ गरेको हो।
अग्रवालमाथि ज्वरो नाप्न प्रयोग हुने थर्मल गनको कालोबजारी गरेको आरोप लागेको छ। पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गरेको प्रहरीको आरोप छ।

उनलाई कालोबजारी ऐनअन्तर्गत कारबाही चलाउने गरी अनुसन्धान अगाडि बढाइएको महानगरीय अपराध महाशाखा टेकुका प्रवक्ता एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
कीर्गिस्तानका अवैतानिक महावाणिज्यदूतसमेत रहेका अग्रवालले लकडाउनको समयमा कालोबजारीका लागि कूटनीतिक सवारी प्रयोग गरेकोसमेत प्रहरीले जनाएको छ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021