- 22Shares
झन्डै तीन सातापछि बसेको नेकपा सचिवालय बैठकमा सचिवालय सदस्यहरूले पार्टीभित्र समन्वय हुन नसकेको विषय उठाएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकमा नेताहरूले सिंगो देश एकजुट हुनुपर्नेमा पार्टीभित्रै अविश्वासको वातावरण बनेको बताएका थिए।
पार्टीभित्र रहेको अविश्वासलाई कडाइपूर्वक नियन्त्रण गरेर पार्टीलाई सुदृढ बनाउँदै सिंगो देशलाई एकताबद्ध बनाएर लैजान पर्नेमा सचिवालय सदस्यहरूले जोड दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले लण्डन काठमाडौं लाई बताए।
आजको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले गरेको कामबारे ब्रिफिङ गरेका थिए।
सरकारले गरेका काम, नीति, निर्णय र योजनाहरू सकरात्मक भएको र त्यसलाई प्रभावकारी गराउनुपर्ने आवश्यकतामा सबैले जोड दिएको प्रवक्ता श्रेष्ठले बताए।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021