- 111Shares
संयुक्त राज्य अमेरिकामा मङ्गलवार कोरोनाभाइरस सङ्क्रमणका कारण एकै दिनमा सर्वाधिक १,७३६ जनाले ज्यान गुमाएको तथ्याङ्कले देखाएको छ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार यससँगै अमेरिकामा कोभिड-१९ भएर मृत्यु हुने मानिसको सङ्ख्या १२,७२२ पुगेको छ।अमेरिकामा अहिलेसम्म झन्डै चार लाख मानिसमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।
विश्वभरि सङ्क्रमित मानिसको सङ्ख्या १४ लाखभन्दा बढी छ। देशहरूमध्ये अमेरिकमा सर्वाधिक सङ्क्रमण देखिएको छ।एउटा पत्रकार सम्मेलनमा राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका सङ्क्रमणको सबैभन्दा उच्चबिन्दुमा पुगेको हुन सक्ने बताए।
यसअघि एप्रिल ४ मा अमेरिकामा १,३४४ जनाको कोभिड-१९ का कारण मृत्यु भएको थियो। तीन दिनपछि मृतकको सङ्ख्या झन् बढेको हो।केही राज्यबाट विवरण आउन बाँकी भएकाले उक्त सङ्ख्या अझै बढ्ने बताइन्छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021