उत्तर कोरियाले आफ्नो देशमा एकजना पनि कोरोनाभाइरस संक्रमित नभएको दाबी गर्दै आएको छ । यद्यपि, सरकारले यो भाइरसको संक्रमणबाट बच्नका लागि विभिन्न नियम बनाएको छ ।
उत्तर कोरियाले कोरोनाभाइरसबाट बच्नका लागि के गर्नुपर्छ भनेर आफ्ना नागरिकलाई थुप्रै निर्देशन दिएको पनि छ । सरकारले डाक्टरको सल्लाहबिना कुनै पनि औषधी नखान र आफूलाई मनलाग्दो गरी एन्टिभाइरल औषधी पनि नखान भनेको छ।
मानिसहरुलाई रक्सी नपिउन पनि सल्लाह दिइएको छ किनभने यसले रोग प्रतिरोधी क्षमता कम गराउँछ । साथै, मानिसहरुलाई रोग प्रतिरोधी क्षमता बलियो बनाउन पारम्परिक तरिका पनि पालना गर्न सुझाइएको छ ।
साथै, उत्तर कोरियाले आफ्ना जनतालाई लसुन, प्याज र महलाई आफ्नो खानपिनमा धेरैभन्दा धेरै समावेश गर्न सल्लाह दिएको छ । यसका साथै मास्क लगाउन पनि सल्लाह दिइएको छ ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021