चैत २६,जिल्ला विपद् व्यवस्थापन समिति चितवनले लकडाउनलाई थप कडा पार्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णयहरु गर्दै लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो ।
भारतीय गाडीबाट तरकारी उतार्न नदिने,इट्टा उद्योग बिकाश निर्माणका आयोजना तथा अत्यावश्यक उपभोगका खाद्द बस्तु उत्पादन गर्ने उद्योगहरुले कोरोना रोकथाम सम्बन्धि मापदण्ड पालना गरे नगरेको अनुगमन गर्ने,एक स्थानिय तहबाट अर्को स्थानिय तहको सिमा नाकामा प्रहरी परिचालन गरि थप कडाइ गरिने तथा होम क्वारेन्टाइनमा बसे नबसेको जानकारी लिने निर्णय बैठकले गरिएको छ .साथै अहिले सम्म चितवन जिल्लाभर ६२१ जना होम क्वारेन्टाइनमा रहेको तथा १७ दिन पुरा गरेकाको संख्या ४७६ रहेको पनि बैठकमा जानकारी गराइएको थियो ।

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021