कोरोनाले मलाई बुझाएका कुरा र बिश्वले बुझनु र सिक्नु पर्ने पाठ ” अरुण पौडेल “

 

 

कोरोनाले मलाई बुझाएका कुरा र बिश्वले बुझनु र                                सिक्नु पर्ने पाठ

अरुण पौडेल

चीनको दक्षिणपूर्विय क्षेत्रमा रहेको एउटा ठूलो सहर वुहान, आर्थिक, सामाजिक, राजनीतिक, पर्यटकिय सम्पूर्ण तवरले खुसी तथा विकासित शहर वुहान जहाँ सुरूवात भयो एक महाप्रलय तथा विनाशकारी भाइरस कोभिड -१९ को, ६१ वर्षीय पहिलो मानिसको मृत्यु सगै विश्व भ्रमणको धावा बोलेको बिनाशकारी भाइरसले अाफ्नो चिन बिहीर पहिलो भ्रमण थाइल्याण्डबाट सुरु गर्यो। एसिया, युरोप, अमेरिका लगायत विश्वका जतिपनि आर्थिक, सामाजिक, राजनीतिक, प्राविधिक, औद्योगिक सम्पन्न देशहरू रहे सबैमा आफ्नो भ्रमणलाई जारी राखिरहेको छ।

यो लेख लेखिरहँदा सम्ममा विश्वका २०० भन्दा बढी विकसित तथा विकासोन्मुख राष्ट्रमा यसले आफ्नो प्रलयकारी छाप सम्झना स्वरूप छोडिरहेको छ।
विश्वमै सबैभन्दा बढी पर्यटकिय हिसाबले आफुलाई चिनाउन सफल राष्ट्रहरू स्पेन,इटाली,बेलायत, जर्मनी लगायत युरोपमा कोरोना भाइरसले यस देश राष्ट्र प्रमुखलाई आत्मसमर्पण गरि घुँडा टेकाइ सकेको छ, विश्व कै सबैभन्दा उत्कृष्ट हस्पिटल सेवा रहेको स्पेन इटाली जस्ता राष्ट्रमा आज सबैभन्दा बढी यस भाइरसले मृत्यु गर्नेको सङ्ख्या रहेको छ भने आज विश्वमै सबैभन्दा शक्तिशाली राष्ट्रको रुपमा आफूलाई चिनाउदै आइरहेको अमेरिका नि यस भाइरसबाट अछुत भै बाच्न सकेको छैन।

आफुलाई पुर्ण आविष्कारक रुपमा सफल र सम्पन्न छु भन्ने घमन्ड सहित रहेको राष्ट्र अमेरिकामा यो लेख लेखिरहँदा सम्ममा दुई लाख ५० हजार भन्दा बढी कोभिड -१९ अर्थात् कोरोनाका सबै भन्दा बढी सङ्क्रमत रहेका छन्
आज बिश्वकै राम्रा बिश्वबिद्धालय र राम्रा राम्रा विध्यार्थिको पढाइ गराउने रास्ट्र अस्ट्रेलियाले विभिन्न रोजगारीमा,अध्ययनमा र भ्रमणमा जाने बाहिरी देशका नागरिकलाई केही समयका लागि आफुसग बाच्ने र बस्न सक्ने अवस्था भए यस देशमा बस्न या छोडि जान आदेश दिएका छन्।त्यसैमा बिश्व मै प्रविधिक रुपमा सफल मानी रहने जापान जस्तो राष्ट्र आफुलाइ यस भाइरसबाट सुरक्षित ठाानी आफ्ना नागरिकलाई नियमीत कामकाजमा खटाइ रहेको छ।बिश्व मै दोस्रो सबैभन्दा बढी जनसख्या भएको राष्ट्र भारत यस भाइरसले मानिसको मृत्युु पुर्ब राहतका प्याकेजहरु सुनाइ रहेको छ।त्यहि उत्तर अमेरिकी राष्ट्र क्यानडा भाइरसबाट संकमित मानिसको उपचार सरकारी तवर मार्फत गरिने कुराहरु गरिरहेको छ।त्यसैगरि बिकासोन्मुख राष्ट्र कङो,सोमालिया जस्ता राष्ट्र सगँ सिधै आत्मासमपण सिवाय अरु विकल्प नरहेको छ।

अन्तिममा ८८४८ मिटर को मेरो देश जहाँ दक्ष प्रविधि छैन,नियम छैन,बोलाइ,बुझाइ र गराइ फरक छ।
यो महाप्रलय को अवस्थामा यसरी नै बिश्वले सिक्नु पर्ने पाठ र सिकेको पाठहरु नि रहेका छ्न्

बिश्वमा युरोपेली रास्ट्र आफू सुरक्षित छु भन्ने भ्रम कहिले नराख्नु शत्रुसग जहिले पनि होसियार रहनु,शत्रुलाई कहिल्यै कमजोर नठान्नु,अमेरिका बिश्व आबिस्कारक रास्ट्र र ठुलो रास्ट्र हुदैमा आफूलाई जहिल्यै जान्ने सुन्ने नठान्नु र अर्ती भनेको घर्तीले दिएको पनि लिनु बस त्यस काममा सकारात्मकता हुनु पर्दछ भन्ने बुझ्नु ।

अस्ट्रेलियाबाट सिकेको पाठ समस्या र समय अनुकुल उचित निणय लिन सक्नु पर्दछ।

भारतले सिक्नुपर्ने पाठ मानवीय मूल्यभन्दा ठूलो मूल्य केही छैन राजनीति र थाल,डाडु चम्चा घण्टी ठोकि शक्ति जुनसुकै स्थानमा प्रदशन गर्न अवस्यक छैन भन्ने कुरा बुझनु पर्ने छ।

क्यान्डाले सिकाएको पाठ एक देशका नागरिक नै सर्वश्रेष्ठ शाक्तीशाली मानिस हुन,नागरिकको रक्षा नै देशको सर्वभौमताको रक्षा हो भन्ने बुझीएको छ त्यसैगरि मेरो नेपाल,नेपालको कानुन दैवले जानुन्न,राजनीति हो आर्थिक अनियमितता अवस्य पनि हुन्छ यसमा दुई मत छैन तर त्यसका लागि कुनै समय र परिस्थिति बुझाउनु पनि जरुरी छ,रास्ट्रिय सकंटका बेला विशेष स्वर्थ सोचनु हुदैन भन्ने कुरा बुझनु जरुरी ठान्नु।यो लकडाउनमा मैले पनि केही कुरा जन्ने बुझ्ने मौका पाएको छु।


यसरी नि कसले महसुस गर्‍यो या गरेन आज काठमाडौ सहर ३० बर्ष पहिलाको जस्तो सफा स्वस्छ भएको छ।कहिले आगोलागि त कहिले चोरी शिकारीले अल्पसंख्यका जनावर बिश्वका कति देशमा जरायो हरिण लगायतका जनावर ढुक्कसग हिड्डुल गरिरहेका छन्।हिजोका दिनमा जलप्रदुषणले लोप भएका डलफिन नदिमा देखिन थलेका छन।बिश्व प्रदुषणले आतंकित भएका उडन् नसकेका अवस्थाका चराचुरुङगि आज बिश्व भ्रमणमा निस्केका छन्।दैनिक चोरी,हत्या,बलात्कारका घटनाहरु कम भएर आएका छन्।जागीरे जिवनबाट आर्जित भएका व्यत्ति आज परिवारसग मज्जाले आन्नन्दले समय दिइ बस्न सकेका छन्।सधै पैसा पैसा पैसा भनी नअघाउने आन्नद मन्ने व्यापारिमा पैसा धनसम्पत्ति भन्दा पनि सुखी र शान्ति हुने कुरा रहेछ भन्ने महशुस गराइएको छ।बिश्व महाप्रलंयको सकंटमा बिश्वलाई नै एकजुट गराइ बिश्व भाइचारा साथ,सहयोगका लागि सबैलाई एकवदता गराएको छ।

मैलेले त कोरोना बाट केही राम्रो पाठहरु त सिके,तपाईले केही सिकनु भयो त?

Facebook Comments