लुइको ” लकडाउन ” डायरी !

 

 

लुइको ” लकडाउन ” डायरी !
सतिश निरौला-
स्विजरल्यान्ड को न्युस्याटेल सिटिको स्थायी बासिन्दा उ एतिबेला सुदुरपस्चिम को गोदावरी नगरपालिका वडा न ८ मझगाउमा छ। सम्भवत उसले यो कल्पना पनि गरेको थिएन कि एतिलामो समय उ एकै ठाउँ मात्र होईन एउटै घरमा बस्नुपर्ने छ।


प्रकृति सङ्ग रमाउन एउटा साइकल लिएर निस्किएको एउटा ४२ बर्षे ठिटो “लुइ” अर्थात् Louis Cornelli छ महिना अघि टर्की बाट आफ्नो साइकल यात्रा शुरु गरेको हो, यो ६ महिना बिचको अवधिमा उ सङ्ग इरान, दुबई , ओमन हुँदै भारत प्रसिद्ध पिन्क सिटि जयपुर का थुप्रै रोमाञ्चक यादहरु छन् । उ कोरोना अर्थात् covid19 को चरोमत्कर्ष का समय को नजिकै गड्डा चौकी नाकाबाट नेपाल पस्यो ।पश्चिम नेपाल बाट नेपाल छिरेको उ सङ्ग सुदुरपस्चिम का साइकले भरत शाह सङ्ग को चिनजान वार्मसावर भन्ने सोसियल एप्स बाट भएको थियो र नेपाल पस्न साथ भरत शाह सङ्ग उसको भेट भयो। यही बिछ सन्सार भरको कोरोना को कहर अनि लकडाउनको परिस्थितिमा उ सङ्ग बाहिर निस्कने कुनै विकल्प थिएन अहिले उ बिगत २७ दिन देखि भरत शाह को ननपेड गेस्ट को रूपमा छ। उसले म सङ्ग अनलाइन मा गफ्फिदै सुनायो-” यो परिस्थिति त विषम छ सिङ्गो सन्सार समस्या मा छ तर यो विषम परिस्थितिमा पनि नेपालमा आफू शुरक्षित र घर परिवार को सदस्य सरह यसरी बस्न पाउदा खुशी छु” ।


उसको अहिले को लकडाउन दैनिकी साधारण नेपाली ले बिताएको दैनिकी जस्तै छ उ भरत सङ्गै घर को फुलबारी को हेरचाह गर्छ, लसुन गोड्छ उसले भरतको परिवार सङ्गै यो पालिको तोरि पनि चुट्यो।अनि उ घर का केटकेटी सङ्ग पनि रमाइलो गर्छ र केटाकेटी पनि उसलाई रुचाउँछन् , उ केटाकेटी लाई अङ्ग्रेजी सिकाउछ अनि उनिहरु सङ्ग नेपाली सिक्दैछ।


यो अप्ठ्यारोमा भेटिएको बिदेशी लाई आफुले ससम्मान एउटा परिवार को सदस्य सरह निशुल्क आतिथ्यता दिएको साइक्लिस्ट भरतबिक्रम शाह ले बताउनु भयो।

Facebook Comments