हिमालयन युनिफर्म हाउस प्रा. लि. उद्योगका सन्तोश थापा थाकेनन समाजसेवा गरेर।

 

विश्वभर नै सन्त्रास मच्याएको कोरोनासँग मुकाबिला गर्ने प्रयास जारी छन् । देशभर लकलाउन भएपछि नेपालमा क्वारेन्टाइन, आइसोलेसन र पिपिईको प्रबन्ध गरिँदै छ ।

बजारमा सेनिटाइजर र मास्क अभाव लकडाउनअघि नै थियो । लकडाउन भएपछि पिपिई अभावमा कतिपय अस्पतालले सेवा दिन सकेका छैनन् । देशको यस्तो विपद्मा सघाउन केही दिनअघि मास्क बनाएका भरत्पुर १ का एक गार्मेन्ट उधोगले पिपिई पनि निर्माण गरेका छन् ।

हिमालयन युनिफर्म हाउस प्रा. लि. उद्योगका सन्तोश थापा यसरी क्रियाशील भएका हुन् । कोरोना संक्रमणको जोखिम र लकडाउनका बीच घरमै सुरक्षित रहेर उनीहरुले पिपिई बनाएका हुन् ।

रोट्रयाक्ट क्लब अफ नारायणगढ का अध्यक्ष रो. सन्तोष थापाले आज देवघाटमा रहेका अशक्त, गरीब अनि बृद्धहरु लाई आफ्नो कम्पनीमा उत्पादन गरेको मास्क निःशुल्क वितरण गरेका छन् भने आज कै दिनमा चितवनमा रहेको बागेश्वरी मा पनि निशुल्क मास्क वितरण गरेका हुन्। विगतमा पनि सामाजिक कार्य मा धेरैनै अग्रसर हुने गरेको देखिन्छ। उनले भने हाल सम्म 1500 पिस जति मास्क बक्तिगत निशुल्क वितरण गरिसकएको र देश संकटमा परेको बेला आफूले खाद्यान्न र मास्क निरन्तर वितरण फेरि पनि गर्ने भनेका छन्।

 

Facebook Comments