- 17Shares
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मुलुकभित्र तीनमहिना भन्दा बढी समयसम्म धान्ने दैनिक उपभोग्य सामग्री मौज्दात रहेको जनाएको छ।
सरकारी तथा निजी क्षेत्रका उद्योगसँग चामल ४ महिना, दलहन ३ महिना र तेलहन ३ महिनाको माग धान्नसक्ने मौज्दात रहेको जनाएको हो।
मन्त्रालयका प्रवक्ता प्रकाश दाहालका अनुसार १ लाख २५ हजार २ सय ९० मेट्रिक टन चामल, ७ हजार २ सय ९४ मेट्रिक टन चिनी, १ लाख ५८ हजार ९ सय ९० मेट्रिक टन नुन, १६ हजार ८१ मेट्रिक टन गेडागुडी र दाल एवं १६ हजार ८ सय ६८ मेट्रिक टन तेल मौज्दात रहेको छ।
मन्त्रालयले खाद्यपदार्थको दैनिक मौज्दात नियमित रूपमा अद्यावधिक गरी कुनै स्थानमा अभाव देखिए सञ्चिति भएको अर्काे स्थानबाट तुरुन्त ढुवानी गर्ने व्यवस्था गरेको जनाएको छ।
उनका अनुसार सबै जिल्ला प्रशासन कार्यालयबाट प्रत्येक जिल्लाको खाद्यान्न आवश्यकता, सञ्चितिको अवस्था र सम्भावित अभावको तथ्याङ्क संकलन गर्ने कार्य भइरहेको छ। जिल्लागत उत्पादन, सञ्चिति, स्थानीय तहको वडास्तरसम्मको जनसंख्या समेतको आधारमा खाद्यान्नको बढी समस्या हुने सम्भावना भएका स्थानमा आवश्यकताअनुसार खाद्यान्न आपूर्ति गर्ने तयारी समेत गरिएको छ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021