सरला जोशी
गजल

म पनि आउदिन तिमी पनि नआऊ भन्छन् साथीहरू
हात मिलाई अङ्गाल्दै कोरोना नबोलाऊ भन्छन् साथीहरू
यति बेला मर्यौ भने पाईदैन् लास उठाउने सम्म
त्यसैले तिमी बाॅच मलाई पनि बचाउँ भन्छन् साथीहरू
बेसार जुवानो लसुन तातो पानी सुन्तला सेवन गर्दै
रोग प्रतिरोधात्मक क्षमता बढाऊ भन्छन् साथीहरु
सेनिटाईजर साबुन पानीले बारम्बार हात धोई
घरी-घरी नाक मुख र आँखा नछोऊ भन्छन् साथीहरू
क्वारेन्टाईनमा बसौ बाहिर नडुलौ विश्व प्रकोपमा छ
सबै सुरक्षित रही कोरोना धपाउँ भन्छन् साथीहरु
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021