कोरोना भाइरस फैलिन नदिने अभियानमा नेपाल सरकार सफल ।

 

 

नेपालमा पहिलो कोरोना संक्रमित माघ ९ गते भेटिएका थिए। त्यसको ठीक दुई महिनापछि चैत ९ गते दोस्रो संक्रमित भेटिए। दोस्रो संक्रमित भेटिएसँगै सरकारले पटकपटक गर्दै लकडाउन अवधिलाई थपेर २०७७ साल बैशाख ३ गतेसम्म पुर्याएको छ। चैत १२ गते तेस्रो, चैत १४ गते चौथो, चैत १५ गते पाँचौं, चैत २० गते छैंटौ र चैत २२ गते अन्य तीन जनामा कोरोना संक्रमण भेटिएको थियो। कूल नौ जनामा नेपालभर कोरोना संक्रमण देखियो, जसमध्ये पहिलो संक्रमित व्यक्ति निको भइसकेको छन् भने अन्यको उपचार भइरहेको छ।

चैत २२ गते एकसाथ तीन जनामा देखिएको कोरोना संक्रमणपछि चैत २९ गते शनिबारसम्म अन्य कसैमा पनि कोरोना संक्रमण देखिएको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार अहिले देशका विभिन्न १० ठाउँमा कोभिड–१९ को परिक्षण पिसिआर प्रणालीबाट भइरहेको छ, त्यसमा पनि केही ठाउँमा पोर्टेबल पिसिआरसँगै धेरै क्षमता भएका ठूला पिसिआर पनि जडान गरिएका छन्। सँगै केही जिल्लामा आरडिटी (-यापिड डाइगोनिष्ट टेष्ट)बाट समेत परिक्षण भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबारको स्थिति प्रतिवेदनका अनुसार नेपालभर विभिन्न ठाउँमा भइरहेको परिक्षणमा हालसम्म ३ हजार ५ सय २५ जनाको परिक्षण भएको छ, जसमा जम्मा नौं जनामा संक्रमण देखिएको छ। यो संख्या चैत २२ गतेसम्म देखिएको संक्रमितको संख्या हो।

चैत २८ गते शुक्रबारसम्म काठमाडौं टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २ हजार ७ सय ८३ जनाको परिक्षण भएको छ, जसमा पछिल्लो २४ घण्टामा नै ४ सय १ जनाको परिक्षण भएको छ। त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म १ सय ३२ जनाको परिक्षण भएको छ भने पछिल्ला २४ घण्टामा ४८ जनाको परीक्षण भएको छ। जनकपुरस्थित जनकपुर प्रादेशिक अस्पतालमा हालसम्म २९ जनाको परीक्षण भएको छ भने पछिल्ला २४ घण्टामा ७ जनाको परीक्षण भएको छ। पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म १ सय ७० जना, जसमा पछिल्लो २४ घण्टामा ३५ जनाको परीक्षण भएको छ।

त्यस्तै कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा हालसम्म ९८ जनाको परीक्षण भएको छ, जसमा पछिल्लो २४ घण्टामा १५ जना, धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३७ जना भएको छ, जसमा पछिल्लो २४ घण्टामा ४ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा हालसम्म ८२ जनाको परीषण भएको छ, जसमा पछिल्लो २४ घण्टामा १७ जना भएको छ। यस्तै काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल, धुलिखेलमा हालसम्म ७४ जनाको परीक्षण भएको छ, जसमा पछिल्लो २४ घण्टामा ४८ जना, भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रमा रहेको अस्थायी प्रयोगशालामा हालसम्म १७ जना र पछिल्लो २४ घण्टामा १४ जनाको परीक्षण भएको छ। चितवनस्थित भरतपुर कोभिड-१९ डायग्नोस्टिक प्रयोगशालामा अहिलेसम्म ७४ जनाको कोरोना परीक्षण भएकोमा पछिल्लो २४ घण्टामा नै ४१ जनाको परीक्षण भएको छ। विभिन्न ठाउँमा भइरहेको परीक्षणमा ४ सय २३ जनाको नतिजा आउन बाँकी रहेको शुक्रबारको स्थिति प्रतिवेदनमा जनाइएको छ।

चैत २४ गतेसम्म देशैभर गरेर १ हजा ८ सय ९० जनाको मात्रै परीक्षण भएको थियो भने पछिल्ला ४ दिनयता उल्लेख्य संख्यामा परीक्षणको दायरा बढेको तथ्यांकले देखाउँछ। अहिले परीक्षण भइरहेकामध्ये कतिपय प्रयोगशालामा यही हप्ता मात्रै परीक्षण सुरु गरिएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ‘स्थिति प्रतिवेदन’अनुसार हेटौंडास्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा चैत २१ ग्तेदेखि, धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालमा र चितवनस्थित भरतपुर कोभिड–९ डायग्नोस्टिक प्रयोगशालामा चैत २३ गतेदेखि परीक्षण थालिएको हो। भैरहवास्थित राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रमा २३ चैतदेखि र पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा १८ चैतदेखि परीक्षण थालिएको थियो। त्यस्तै कर्णालीस्थित सुर्खेत प्रादेशिक अस्पताल र धनगढीको सेती प्रादेशिक अस्पतालमा चैत २० गतेदेखि परीक्षण थालिएको हो। प्रदेश १ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा चैत १६ देखि तथा प्रदेश २ को जनकपुर प्रादेशिक अस्पतालमा चैत २१ गतेदेखि परीक्षण थालिएको छ।

आरडिटीमार्फत विस्तार गरिएको परीक्षणको दायरालाई हेर्दा पछिल्ला दिनमा कैलालीमा ३ सय ३९ जना, कञ्चनपुरमा ४ सय ७६ जना, कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको परीक्षण भएको छ। परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ आएको छ। आरडिटीमार्फत गरिएको परीक्षणलाई पनि यही साताबाट विस्तार गरिएको हो।

Facebook Comments