/मान्छेमात्र जिबित प्राणी होइनन यी पशुहरु पनि हुन र जसले जे सोचोस गर्भ लाग्छ यिनिहरुको सेवा गर्दा ” श्रद्दा अधिकारी “

मान्छेमात्र जिबित प्राणी होइनन यी पशुहरु पनि हुन र जसले जे सोचोस गर्भ लाग्छ यिनिहरुको सेवा गर्दा ” श्रद्दा अधिकारी “

 

 

श्रद्धा अधिकारी
बिध्यार्थी ,
सामाजिक अभियन्ता तथा पशु प्रेमी

मानवताको आधारमा गार्हो परेको समयमा सबैलाई सक्ने गरिरहेकै छु। तर समाजमा रहेको कुनै पनि पीडितहरुलाई सहयोग पुर्याउने अथवा गर्ने सबैको आफ्नो आफ्नो रुचि अथवा चासोका विषयहरु हुन्छन्।

पशु कल्याणको क्षेत्रमा कुकुरहरुको लागि काम गर्दा कतिपय मान्छेहरुले मलाई नराम्रो दृष्टिकोण बाट हेरिरहेको अनुभव गरेको छु। “मान्छेलाई गार्हो भइरहेको समयमा कुकुरहरुलाई ख्वाउँदै हिँड्ने?” भन्ने खालका प्रश्नहरु गर्छन्। अब सबैलाई व्यक्तिगत रुपमा भन्न सम्भव छैन तर समग्रमा यो पोष्ट मार्फत के भन्न चाहानुहुन्छ भने समाजमा मानवजातिको कल्याणको विषयमा आवाज उठाउने थुप्रै सरकारी, गैर-सरकारी तथा थुप्रै व्यक्तिगत रुपमा कार्य गरिरहनु भएका अग्रज समाजसेवी हरु हुनुहुन्छ। तर पशु कल्याणमा कार्य गर्ने, विशेष गरी वर्तमान समयमा सडकमा आश्रित कुकुर तथा छाडा बाच्छा/गाई/गोरु हरुको लागि खाने कुरा दिएर सहयोग गर्ने मान्छेहरूको एकदमै अभाव छ, भएपनि औँला भाँचेर गनिने मात्रै छन् होला। कम्तीमा स्थानीय सरकारले नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिका बाट हुँदै समस्यामा परेको हरुलाई भरसक राहत प्रदान गर्दै आएको छ तर सडकमा आश्रित पशुहरुलाई केही काठमाण्डौ को नगरपालिका बाहेक देशको अरु कुनै नगरपालिकाले महत्वका साथ हेरेको पाईएन। यस्तो समयमा मैले आफूले रुचि राख्न विषयलाई पच्छ्याउँदै कुकुरहरुलाई आफ्नै श्रोतबाट जुटाएर सहयोग गर्दैमा अरुले टाउको नदुखाउन अनुरोध गर्दछु।

मन लाग्यो भने तपाईहरु सक्दो सहयोग गर्नुहोस, यो विषय तपाईहरुको रुचिको विषय होइन भने स्थानीय सरकारको अंगहरू सँग समन्वयन गरी मानव पीडितलाई राहत पुर्याउने काम गर्नुस् तर त्यति पनि गर्न सक्नुहुन्न भने मैले आफूले सक्दो गरिरहेको ठाउँमा तपाईंहरूले प्रश्न उठाउने कुनै अधिकार छैन।

Facebook Comments