गरिब र असायको घरमा चुलो नबलेको देख्न सक्दिन ” अनु श्रेष्ठ ( परियार )

नवलपुर गैंडाकोट ।

नेपाल लगायत विश्व अहिले काेराेना भाइरस सङ्ग सामान गरिराखेकाे छ।विश्व पुरै लकडाउनकाे अवस्थामा छ, तर लकडाउनकाे प्रभाव त सबैमा परेकाे छदैछ तरपनि अझ बढि दैनिकि गुजारा चलाउने मजदुरहरुलाई अझ बढि प्रभाव परेकाे छ। विहान बेलुका मजदुरका घरमा चुलाे बलेकाे छैन। यति नै बेला गैंडाकोटकाे सामाजिक अभियान्ता अनु श्रेष्ठ (परियार) काेराेना भाइरस सङ्ग हटेर हाेइन डटेर घरघरमा पुगि खाद्यान्न सहयाेग गर्दै हिडेकी छिन। कहिले सडकमा बस्न बाध्य बालबालिकाहरुलाई त कहिले मजदुरका घरघरमा पुगेकी छिन।

 

सामाजिक अभियान्ता अनु भन्छिन ; एक नेपालिकाे घरमा चुलाे नबल्दा, अाफ्नै घरमा चुलाे नबलेकाे जस्तै महसुस हुन्छ,त्यसकारणले सडकका बालबालिका देखि मजदुर गरेर विहान बेलुकाकाे छाक टार्न पनि समस्या परेका मजदुरका घरघरमा दैनिक अावस्यक पर्ने चामल,दाल,तेल,नुन सहयाेग गर्दै हिडेकाे बताउछिन। सामाजिक अभियन्ता अनु श्रेष्ठ ( परियार ) ले लण्डन काठमाडौ संग कुरा गर्दै विपत्तिमा घर बसेर हाेइन, सबै नेपालिले खुला मन बनाएर सहयाेग गर्नुपर्दछ। सडकका बालबालिकाहरु अाज भाइरस सङ्ग भन्दापनि भाेकमरिका कारण मर्न बाध्य छन् तिनिहरुलाई मैले केही मात्रामा भएपनि सहयाेग गरिराखेकी छु। अाज सबैले घरघरमा सहयाेग गर्दै गर्दा सडकका बालबालिकाहरुलाई भुलेका छन। मैले सहयाेग गर्दै गर्दा मलाई साथ दिनुहुने दाजुभाइ दिदीहरुले सहयाेग गर्नुभएकोमा सम्पुर्णमा धन्यवाद दिएकि छिन ।

 

 

अनु श्रेष्ठ अहिलेको महामारीमा सहयोग जुटाउन र बाड्न आफ्नो स्वास्थ्यको ख्याल नगरी हरेक ठाउमा पुगेकी छिन र समाजका मानिसहरुलाइ सामाजिक दुरि के हो र कोरोना संग कसरी बाच्ने भनेर ब्यबहारिक शिक्षा पनि दिदै हिडेकी छिन। अनुलाइ अन्य सामाजिक अभियन्ता प्रकाश थापा र बिमल सापकोटाले पनि हरेक कदममा साथ दिएको अनु बताउछिन।

 

Facebook Comments