चितवन मेडिकल हब भन्ने देखाउनको लागि मात्र

 

 

चितवन चैत्र २९

कालिका नगरपालिकाका ३ बर्षका एक बच्चालाइ हिजो चिया खाने क्रममा हातमा पोलेको थियो। बच्चाको आमाले आफू संग भएको करिब रु २००० बोकि भरत्पुर स्थित सरकारी अस्पतालमा ल्याइन तर सरकारी अस्पतालमा उपचार नहुने भनी नया सि एम सि मा लान आग्रह गर्यो र ती आमाले बच्चालाइ नया सि एम सि मा लिएर गइन तर तेहा पनि डाक्टर नभएको र बच्चालाइ काठमाडौ लिएर जान सुझाब दिए।तेहि छेउमा बसेका सक्षम नेपालका संयोजक तथा सामाजिक अभियन्ता प्रकाश थापा र मधु सापकोटाको आँखा पर्न गयो।

सक्षम नेपालका संयोजक तथा सामाजिक अभियन्ता प्रकाश थापाले लण्डन काठमाडौं संग कुरा गर्दै यस अघि पुरै शरीर जलेर बिरामी ल्याउदा यहि अस्पतालमा उपचार भयो तर अहिले हात र कुहिनोको केही भाग जल्दा समेत डाक्टर छैन भनी उपचार गर्न मानेको छैन र काठमाण्डु लान सल्लाह दिएको छ। निज बिरामीको परिवार निम्न आय भएका र काठमाडौ लान नसक्ने हालतमा भएको हुदा अस्पताललाइ काठमाडौ लान रिफर नगर्न अनुरोध गरेका छन तर उनको अनुरोधको कुनै सुनुवाइ नभएको जानकारी दिएका छन।

सक्षम नेपालका संयोजक तथा सामाजिक अभियन्ता प्रकाश थापाले लण्डन काठमाडौ संग बोल्दै मेडिकल सिटि भनेर प्रचार गरिने चितवनमा साधारण पोलेको बच्चाको डाक्टरको अनुपस्थितिले उपचार गर्न नपाउनु लज्जास्पद भएको जानकारी दिए।अहिलेको कोरोनाको त्रासको बेलामा साधारण बिरामिले उपचार नपाउनुमा आफू अचम्मित भएको जनाएका छन।

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?