हामी नेपाली हाम्रो नेपाल ” अजिब पौडेल “

 

 

हामी नेपाली हाम्रो नेपाल ” अजिब पौडेल “

समाजसेवी तथा शिक्षाविद 

समय ले बिश्व भरि छरिएर रहेका नेपाली हरू फर्किएर नेपाल मा आऊनी र सबै सङ्गै बस्ने बनाउने भयो । यसलाई हामीले राम्रो अबसर को रूपमा लीऔं । हामी सबैले सिकेका सिप र बिध्वता नेपाल मा सबै मिलेर नयाँ
प्रयोग गरौँ । कुरा हैन काम गरौँ । यस्ले छिट्टै नेपाल लाई स्वाभीमानी र सवलम्बी बनाऊछ।

अन्य देशले हाम्रो होनहार युवा हरू लाई खेताला पूर्ति गर्न लगेका हुन् । उनीहरू को अप्ठ्यारो मा हाम्रा लाई लाई राम्रो गर्दैनन्। आज अमेरिका ले जा भन्यो, थप अप्ठ्यारो हुदै जाँदा अरु ले पनि त्यही गर्छन् ।
पस्चिमा हरू को भुलभुलैयामा परेर अझै केही युवा हरु बिदेशमा घरजम गरेम भन्ने भ्रममा हुनुहुन्छ, सोच्नोस अझै समय छ। तपाईं ले त्याहाँ गरेको दुख परिश्रम नेपाल मा गरे हाम्रो यो प्राकृतिक स्वर्ग भौतिक स्वर्ग नबन्ला त।

अन्न र पानी नै हामी मानबको मुख्य आबस्यकता हो। हामी नेपाली कति भाग्यमानी छौं भने हाम्रो मा सबै अन्नबाली , मौसम अनुसार को फलफूल, बिभिन्न प्रकारका जडिबुटी र पहाड देखि तराई काअधिकांस ठाउँमा पानीको सुविधा । बस्तु पालन , कुखुरा पालन र माछा पालन जे गर्न पनि मिल्ने । सम्झिनोस् त तिस बर्ष पहिले हामी सबैको घरमा भयका भकारी, मकै का सुली, गोठमा लैना बकेर्ना गाई भैसी,हल गोरु ।

आजको कोरोना जस्तो माहामारी हाम्रा बाऊ बाजेको पालाँ न आएको होर, त्यस बेला हुने नहुने सबैले ऐचो पैचो गरेर चलाए। आक्कल झुक्कल आऊने पस्चिमा हरु ले यी नेपाली हरू किन यति धेरै खुशी छन् भनेर दङ्ग पर्थे, तिनलाई के थाहा हाम्रो पुर्खा ले बर्ष भरी खाने नुन पनि बटौली र ठोरी बाट पहिल्यै जोहो गर्छन् भनेर।

राज्यले आबस्यक बजेट कृषि र सिपमूलक जनशक्ति उत्पादन गर्ने शिक्षा मा छुटाउन जरूरी छ। कृषि उत्पादन नै नेपाल को अर्थ को मेरुदण्ड हो। आजको बजेट घाटा भारतबाट किन्न कृषि सामग्रीहरू नै मुख्य छ। कोरोना का कारण ले गाऊँ फर्किएका र शहर मा भयका हामी सबैलाई महसुस गराएको छ, हामी कस्तो कृतिम भयछौ भन्ने कुरा । त्यसपछि को सरकारी बजेट पर्यटन प्रवद्र्धन र जलविद्युत उत्पादनमा छुट्याउन जरुरी छ। साना र मझौला उद्योग जस्ले हाम्रो अत्याबश्यक सामान हरु उत्पादन गर्न सकुन। गास,बास, कपास, स्वास्थ्य र शिक्षा हामी नेपाली को मौलिक अधिकार हो। ब्यबहार मा उतार्न सक्ने र हाम्रो स्रोत ले धान्य वास्तविक बजेट तर्जुमा र जनशक्तिको परिचालन र सहि योजना छनौट र तर्जुमा ले हाम्रो बिदेश गयका दाजु भाई दिदी बहिनीहरु ले देखेर भोगेका भन्दा सुन्दर शान्त र बिकसीत नेपाल बन्नेछ ।

Facebook Comments