काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसबाट उत्पन्न लकडाउनको अवस्था अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् ।
ग्लोबल कम्प्याक्ट नेपालले भोलि नयाँ वर्षको दिन विहान ८ बजे घरको छत वा झ्यालबाट राष्ट्रिय गान गाउन र एक साथ ताली बजाउन गरेको आह्वानमा सर्मथन जनाउँदै प्रधानमन्त्री ओली ट्वीटरमार्फत उक्त कार्यमा सामेल हुन आग्रह गरेका हुन् ।
उनले आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्, ‘राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ ! ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।’
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021
- रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै - January 27, 2021