- 18Shares
वीरगञ्जबाट आएकी एक महिलामा गरिएको नमुना परीक्षणमा कोभिड-१९ को सङ्क्रमण देखिएपछि उनको स्वास्थ्य उपचार थालिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
अस्पतालका वरिष्ठ इमर्जेन्सी विशेषज्ञ तथा प्रवक्ता डाक्टर जगदिश जोशीले कैलालीको लम्कीमा १२ दिन क्वारन्टीनमा बिताएर घर गएकी ती महिला अस्पताल भर्ना भएको जानकारी दिए।
उनका अनुसार स्वाब परीक्षणको नतिजाले कोभिड-१९ पोजेटिभ देखाएको थियो।
यो सँगै उक्त प्रदेशमा कोभिड-१९ को पाँच वटा सङ्क्रमण देखा परेका छन्।
नेपालमा अब तेह्रजनामा सङ्क्रमण भएको पुष्टि भएको छ।
कैलालीमा ती महिलासँगै आएका मानिसहरूको सम्पर्कमा पुगेका र भारतबाट नेपाल भित्रिएका गरि करिब ४०० जनाको परीक्षण र नमुना सङ्कलन भइरहेको एक जना स्थानीय अधिकारीले बताएका छन्।
कैलालीको लम्कीचुहा नगरपालिकाका नगरप्रमुख महादेब बजगाईँले बीरगञ्जबाट लम्की आएका १८ जनाको पीसीआर विधिबाट गरिएको जाँचमा १ जना वृद्धामा कोरोना भाइरसको सङ्क्रमण देखिएको बीबीसीलाई जानकारी दिए।
उनले भने, “उहाँसँगै आएका १७ जनाको पीसीआर र र्यापिड टेष्ट दुवै विधिबाट जाँच गरेका थियौँ। र्यापिड जाँचको विधिबाट सङ्क्रमण नदेखिएपछि क्वारन्टीनस्थलबाट घर पठाइएको थियो। तर अहिले पीसीआर विधिको जाँचबाट एक जनामा सङ्क्रमण देखिएपछि उहाँहरू र उहाँसँग सम्पर्कमा आएका गरी करिब ४० जनालाई क्वारन्टीनमा राखेका छौँ।”
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021