- 68Shares
सप्तरीमा लक डाउनका बेला बाहिर निस्केकी एक महिलाको मृत्यु भएको छ।
सोमबार बिहान खडक नगरपालिकामा प्रहरीले लक डाउन उल्लंघन नगर्नुस् भनेर सम्झाउँदै गर्दा ६५ वर्षीया जैनव खातुन ढलेकी थिइन्।
प्रहरीले तत्कालै उनलाई स्थानीय अस्पताल लगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी कृष्ण प्रसाईंले लण्डन काठमाडौलाई जानकारी दिए।
प्रहरी गस्ती गइरहेको अवस्थामा केहीले लकडाउन उल्लंघन गरेको देखेपछि उनीहरूलाई यसो गर्न भएन भन्दै थिए,’ एसपीले भने,’त्यही क्रममा प्रहरीलाई देखेर वा यत्तिकै हुन सक्छ एक वृद्ध महिला ढलिन्।’
उनलाई सगरमाथा अञ्चल अस्पताल पुर्याउँदा हृदयघातका कारण मृत्यु भएको घोषणा गरेको एसपी प्रसाईले बताए।
उनी दम र मुटुकी रोगी पनि थिइन्,’ उनले भने,’अस्पतालका डाक्टर अनुसार हृदयघात भएको भनेका छन्।’
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021