काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमित देखिएपछि प्रहरीले लकडाउनमा थप कडाइ गरेको छ।
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोरोना पुष्टि भएसँगै प्रहरीले थप कडाइ गरेको हो।

लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले अब बल समेत प्रयोग गर्न सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।
‘हामीले झन् कडा बनाउँदै गएका छौं,’उनले भने,’भनेर पनि नटर्नेहरूलाई अब बल समेत प्रयोग गर्न सक्छौं।’
साथै, त्यस्तालाई जरिवाना तिराउनेदेखि एक महिनासम्म थुन्न सकिने उनले बताए।
लकडाउन उल्लंघन गर्नेहरूले विभिन्न खालका बहाना बनाउने गरेको उनले बताए।
‘कोही तरकारी किन्न, कोही सुगरको बिरामी हिँड्न आएको, मर्निङ वाक, इभिनिङ वाक भन्छन्,’उनले भने,’जे जति बहाना बनाए पनि अहिलेको अवस्थामा घरभित्रै सुरक्षित छन्।’
यसअघि लखरलखर हिँड्नेलाई प्रहरी सम्झाइबुझाइ गरेर घर पठाउने वा केही घण्टा नियन्त्रणमा लिने गरेको थियो।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021