/काभ्रेमा आरडीटीबाट परीक्षण गर्दा दुई युवकको रिपोर्ट पोजिटिभ देखियो

काभ्रेमा आरडीटीबाट परीक्षण गर्दा दुई युवकको रिपोर्ट पोजिटिभ देखियो

 

 

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा वैदेशिक रोजगारीबाट फर्केका दुई युवकमा आरडीटी किटबाट गरिएको कोभिड–१९ परीक्षणको नतिजा पोजिटिभ देखिएको छ । जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका एक–एक जनामा कोरोना भाइरस कोभिड १९ पोजिटिभ देखिएको हो ।

मंगलबार गरिएको सो परीक्षणमा नतिजा पोजेटिभ देखिएको हधुलिखेल अस्पतालका डा.सुमन ताम्राकारले जानकारी दिए । आरडीटी किटबाट गरिएको परीक्षणमा नतिजा पोजिटिभ देखिएपनि त्यसलाई संक्रमण भएको मान्न नसकिने डा.ताम्राकारले बताए ।

संक्रमण देखिएपछि ती युवकहरुलाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ । स्वाबको नमूना संकलन गरी काठमाडौंको टेकु अस्पताल पठाउने तयारी भैरहेको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई खतिवडाले जानकारी दिइन् ।

Facebook Comments