विश्वव्यापी महासंकटले धेरै नेपाली पनि जीवन चलाउनै समस्या हुने अवस्थामा आइपुगेका छन् । सरकारले विपन्नलाई राहत बाँडिरहेको छ भने केही मनकारीले पनि यथाशक्य सहयोग गरिरहेका छन् ।
लकडाउनमा बेरोजगार भएका र जीवन धान्ने मुस्किल पर्नेहरुलाई नेपालीले नै सहयोग गर्नुपर्ने अवस्था सिर्जना भएको छ । पोखरा ५ पर्स्याङका सुरेशचन्द्र कोइराला र उनकी श्रीमती ज्ञानुले १५ परिवारलाई चैत महिनाको घरभाडा मिनाहा गरिदिएका छन् ।
यसबाट ती परिवारलाई करिब एक लाख सहुलियत भएको छ । कोइराला परिवारले महानगरले स्थापना गरेको राहत कोषमा पनि १० हजार सहयोग गरेको छ । पोखरा ५ का अध्यक्ष धनबहादुर नेपालीले महासंकटमा कोइराला परिवारको योगदानको सिको अरुले पनि गर्नुपर्नेमा जोड दिए । ज्ञानुले ५० थान आधुनिक लुज ग्लोब्स कोरोना रोकथामका लागि प्रदान गरेकी छिन् ।
सुरेशचन्द्रले निजामती सेवामा ३५ वर्ष काम गरेका थिए । सुरेशचन्द्रले संकटप्रति राज्यप्रतिको दायित्व र मानवताको नाताले सहयोग गरेको उल्लेख गरे । उनले भने, ‘अनि हाम्रा छोराछोरी पनि अरुको ठाँउमा भाडामा बस्छन् । हामीले हाम्रोमा बस्नेलाई सहयोग गरे पो हाम्रा छोराछोरीलाई पनि अरुले गर्लान् ।’
उनीहरुका १ छोरा अस्ट्रेलिया र अर्को छोरा भैरहवामा एमडी गर्दै छ्न् ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021