नवबर्ष सक्षम नेपाल अभियानले सडकमा प्रहरीसंग मनायो।

यसपालिकाे नवबर्ष सक्षम नेपाल अभियानले सडकमा खटिराखेका प्रहरी दाजुदिदिहरुका लागि खाजा खुवाएर मनाएकाे छ।

विश्व लगायत नेपाल पुरै काेराेनाकाे त्रास बढ्दै गइराखेकाे छ, देश पुरै लकडाउनले ठप्प छ। तर प्रहरी दाजुदिदिहरु याे ताताे घाममा, सङ्क्रमणकाे कुनै प्रवाह नगरि जनताकाे सुरक्षाका लागि खटिइराख्नुभएकाे छ। अभियानले अाज करिब ८० जना प्रहरी दाजुदिदिहरुका लागि खाजा स्वरुप पानी, विस्कुट, जुुस दिएर मनाएकाे छ।

चितवनकाे पुलचाेकबाट सुरु गरेकाे वितरण कार्यक्रम सहिदचाेक,लायन्सचाेक, क्याम्पस गेट, चाैविसकाेठि, पारस बसपार्क चाेक, अापटाडि हुदै पुन: पुलचाेकमा अाएर समापन गरेकाे हाे।

अभियानका संयाेजक प्रकास थापाले दिनभरि घाममा सुरक्षा गरेर बस्नुहुने सुरक्षाकर्मि दाजुदिदिहरुका लागि खानाखाजाकाे कुनै समय छैन तर पनि जनताकै सुरक्षाका लागि खटिनुभएकाे छ, याे बेलामा सबैले सहयाेग गर्नुपर्छ भनेर खाजा स्वरुप वितरण गरेकाे बताउनु भयाे।यस्तै अर्का अभियान्ता अनु श्रेष्ठ (परियार)ले याे बेलामा सबैले सरकारकाे नियमलाई पालना गरेर प्रहरी दाजुदिदिहरुलाई सहज हुने गरि हातेमालाे गरेर अघि बढे मात्र काेराेनाकाे त्रास हट्ने बताउनुभयाे। यस कार्यमा पानी, विस्कुट, जुुस दिएर सहयाेग गर्नुहुने अभियान्ता अनु श्रेष्ठ(परियार ) र ईमिशा अधिकारीलाइ चौतर्फि प्रसंशा गरिएको छ ।थापाले यसअघि सडक र मजदुरहरुका लागि मास्क बितरण गर्दै अाइराखेकाे जनाकारि दिनुभयो ।

 

Facebook Comments