/चितवनका चर्चित नेता देवी ज्ञवाली ‘भूमि सम्बन्धी समस्या समाधान आयोग’को अध्यक्षमा नियुक्त

चितवनका चर्चित नेता देवी ज्ञवाली ‘भूमि सम्बन्धी समस्या समाधान आयोग’को अध्यक्षमा नियुक्त

 

 

चितवन,बैैशाख ३-

चितवनका चर्चित नेता देवी ज्ञवाली ‘भूमि सम्बन्धी समस्या समाधान आयोग’को अध्यक्षमा नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रीपरिषदको बैठकबाट उनलाई अध्यक्षमा नियुक्त गरिएको हो । उनि नेकपाका केन्द्रिय सदस्य हुन् । भरतपुर महानगरपालिकाको निर्वाचन पश्चात उनि नेपालको राजनीतिमा चर्चामा छन् । यस्तै आयोगको सदस्यहरुमा जगतबाहादुर देउजा, दिनेश चन्द्र यादव, भिम कार्की,मन्जली कुमार शाक्य नियुक्त भएका छन् । यो आयोगले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरूको समस्या समाधान गर्नेछ ।

आयोग निर्माण पश्चात सुकुम्बासी, भूमिहीन तथा विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी अव्यवस्थित बसोबासको समस्याको दीर्घकालीन समाधान हुने अपेक्षा गरिएको छ । सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोवास गर्नेको यथार्थ तथ्यांक नरहेको अवस्थामा अयोगले वास्तविक सुकुम्बासीको पहिचान गर्ने र समस्या समाधान गर्नेछ । नेता ज्ञवालीले आफूले प्राप्त गरेको जिम्मेवारी अनुसारको काम गरेर भूमि समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

Facebook Comments