भारतको दिल्ली निजामुद्दीन मरकजको जमातमा सहभागी भएका शंकास्पद सात जनाको सप्तरीमा र्यापिड डाइग्नोस्टिक टेष्ट गरिएकोमा दुई जनामा कोरोना पोजिटिभ पाईएको छ ।
तिलाठी कोइलाडी गाउँपालिकाका एक जना र खडक नगरपालिकाका एक जनामा कोरोना पोजेटिभ पाईएको हो । आठ जनाको समूहमा जमातमा सहभागी भएकाहरुमध्ये दुई जनामा पोजेटिभ पाईएपछि सात जनाको मङ्गलवार राती राजविराज स्थित गजेन्द्रनारायण अस्पतालमा स्वाब संकलन गरी परीक्षणकालागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाईएको अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. रणजित कुमार झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो टोलीका एक जना सुरुङ्गा नगरपालिकाका रहेकामा आज विहान उनलाई स्वाब परीक्षणकालागि राजविराज ल्याईने छ । दुई साता अघि विभिन्न सिमानाका भएर सप्तरी प्रवेश गरेकाहरुको स्थानीय प्रशासनको सक्रियतामा खोजी गरिएको हो ।-
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021