/रहेनन् ऋषि कपूर

रहेनन् ऋषि कपूर

१८ वैशाख,  । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

दाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

बलिउडले बुधबारमात्रै  चर्चित अभिनेता इरफान खान लाई गुमाएको थियो ।

ऋषि कपुर दिग्गज अभिनेता राज कपुरको छोरा हुन् । सन् १९७३ मा बबी फिल्मबाट आफ्नो फिल्मी करियर सुरु गरेका उनले दामिनी, लैला मजनु , कर्ज , प्रेम रोग, बोल राधा बोल याराना लगायत सयौ चलचित्रमा अभिनय गरेका छन् ।

उनले श्री ४२० र मेरा नाम जोकरमा बाल कलाकारको भूमिका पनि निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म ‘द बडी’मा काम गरेका थिए ।

Facebook Comments