आनन्द भण्डारी
चारकोशे बन सब मास्यौ,
बुच्को बाकि छ निजगढ
आखा त्यसमा लाग्यो दुष्टको,
आउ बचाऊ निजगढ
हरियो बन जंगल प्रकृति,
जगत माता सरि
ममता किन पुर्याउदौन् ममा,
काट्छौ सखापै पारि
रक्षा कवच अटल चुरेको,
मधेशमा पानि भरि
प्राणबायु बर्सी जीवनको,
छर्छु सारा जगत सरि
पानि जलको कलकल सरि,
कृषि मल उत्पादन
शृष्टिको रक्षक सरि मनै हु,
प्रकृतिको बरदान
जंगल मासी जहाज उडाई,
भन्छौ देशको उन्नति
उजाड बनाइ बस्ति जनको,
सोच्छौ राष्ट्रको प्रगति
मासी हाम्रो रस पटल बुझ,
तिम्रो समृधि कहा हुन्छ र ?
मरु बनाइ उर्बरताको खुशी,
सुखि कहा हुन्छ र ?
पाच सय थरि चरा चुरुंगी,
खेल्छन मेरा आगनमा
तेइस थरि स्तनधारी जलपान
गर्छन येही आगनमा
गर बिकाश देशको सोचेर,
जंगल मासेर होइन
यस्तो गरे पापकर्म हेर,
दस जुनीमा पनि धोइन्न
बनाउनै परे विमानस्थल,
जंगल नमासी बनाऊ
जंगल छली तलतिर सरी,
पानि बचाई बनाऊ
– आनन्द भण्डारी

तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021