/कोरोना कहर बीच दशैँ मनाउने रहर

कोरोना कहर बीच दशैँ मनाउने रहर

कोरोना कहर संगै विश्वनै स्तब्ध बनिरहेको बेलामा नेपालीहरुको महान चाड बडा दशैं हाम्रो घरदैलोमा आइसकेको छ । दशै तिहार नजिक आउदै गर्दा आफनो गाउघर अझ वाल्यकालको त्यो रमाईलो दशै तिहार स्कूल छुट्टी , टन्न मासुभात , पिंग खेल्दै टिका जमरा माला लगाएर र तिहारमा सेलरोटी खादै देसी भैलो खेल्दै डुलेको त्यो प्यारो गॉऊ को याद कसलाई नआउला र । तर सधै खुशियाली लिएर आउने दशै तिहार यो बर्ष कोरोनाको कारण निरास र अभावका साथ आएको  छ । यो बर्ष हुनेखानेहरु , हुँदा खानेहरु तथा हुदै नहुनेहरु सबैथरी दशैँ कसरी मनाउने भन्ने अन्योलमा छन् ।

तर दोलखा जिल्लाको चिलंखा, लोटींग गाऊँबाट बिदेशमा हुनेहरुले भने यसपाली अलि पृथक तरिकाले दशैं मनाउदै छन् । रोगले भन्दा भोकले आक्रान्त बनेको अहिलेको अबस्थामा आफ्नो ठाउमै बसेर माटोको सुगन्ध संग रमाउदै गाउको अस्तित्व बचाई राख्नुभएका ति आमाबुबा , दिदिबहिनि दाजुभाईहरुमा सम्झना स्वरुप दशै-तिहार कोसेलि दिन सके कमसेकम आफुले मनाएको त्यो रमाईलो बाल्यकालको दशै तिहारको सार्थकता हुने र गाउघरका बालबालिकाहरुमा दशै तिहारले थोरै भएपनी खुशियाली ल्याउने सोचका साथ उनीहरुले लेटिंग गाउँबाट विभिन्न देशमा बसोबास गर्ने व्यक्तिहरुबीच समन्वय गरि लगभग ८-१० दिनकै छोटो समयमा रु ३,२०,१६५ जम्मा गर्न सफल भए । आज कार्तिक ४ , २०७७ ( October 20, 2020 ) का दिन दशै तिहार कोशेली स्वरूप १२५ घरधुरीलाई प्रति घरधुरी चामल- २५ केजी (जीरा मसिनो) , चिउरा  २ केजी , तेल – १ प्याकेट , नुन २ पोका  र साबुन २ डल्ला  बितरण सम्पन्न गरेका छन् ।

यो अभियान का संयोजन हाल बेलायतको रेडिंग मा बस्दै आएका भीमसेन खड्काले गरेका छन् । “हुनत हामी बिदेशमा हुनेहरुपनि कोरोनाको मारमा परेकैछौ । म आफैपनि दुई पटक संक्रमित भएर बल्ल ठिक हुदैछु । हामी १५-२० जनाजति बिदेशमा रहेछौ । थोरै भएपनि हामीले सहयोग गर्न सके हामीबिचको एकता पनि रहने र हाम्रो गाउमापनि केहि सहयोग पुग्ने जसका कारण गाउबासीको पनि थोरै उद्धार होस्   हामीले पनि त्यो माटोप्रतिको कर्तव्य पुरा गर्न सकौ भनेर यसपाली यो अभियान थालेका हौँ ।“ भाबुक हुदै खड्काले भने ।

यस अभियानमा बेलायत बाट भीमसेन खड्का ,सुरज खड्का र संजय खड्का त्यसैगरी अमेरिका बाट जयबहादुर खड्का, संतोषि खड्का ( श्रेष्ठ), महेश खड्का, अंकित खड्का र देवेन्द्र खड्का ,आस्ट्रेलिया बाट सुरेन +रुपेन खड्का, कृष्ण खड्का ,शुशिल खड्का र क्षितिज खड्का जापान बाट बेधबहादुर खड्का ,UAE बाट रन्जित खड्का , साईप्रसबाट शुशिला खड्का, कोरियाबाट बिदुर खड्का र मनोज(रायन जंग ) खड्का , क्यानडाबाट साधना खड्का, र हाल काठमाण्डू, कपन निवासी केशर कुमार खड्का सहभागी छन् भने हाल सिनामंगल निवासी रबिन खड्का ले माक्स र सेनिटाईजर को व्यवस्थापन गरेका छन् ।

आजको दशै-तिहार कोसेलि बितरण कार्यक्रम काठमाण्डूबाट महत्वपूर्ण भुमिका निर्बाह गर्ने जेनी खड्का , बाबा खड्का उद्धव खड्का, शिब खड्का,केशर खड्का,राजेन्द्र खड्का रामचन्द्र खड्का, र रबिन खड्का त्यसैगरी लेटिंग गाउबाट प्रबिण खड्का, बिदुर खड्का , रितेश खड्का र ईश्वर जोशी लगायत सबै सहयोगीलाई संयोजक खड्काले आभार व्यक्त गरेका छन् ।

कोशेली खरिद गरेर बाकी रहेको रु  ५४,९६० रकम “कोभिड १९ बिरुद्ध परोपकारी कोष” मा जम्मा गरिने र आफु बाचौ र उरुलाई पनि बचाऔ भन्ने मानवीय उद्देश्यका साथ साबिकको चिलंखा गाबिस भरी कोरोना पिडीत , असाहय , अपांग , बृद-बृदा , अत्यन्त बिपन्न परिवारलाई एउटा सहयोग ब्यबस्थापन समिति बनाई त्यसको सिफारिसमा बितरण गरीने कुरा खड्काले लन्डन काठमाडौँ लाइ बताए ।

Facebook Comments