जो बाइडन अमेरिकी ४६औँ राष्ट्रपति निर्वाचित

लन्डन

कुमार केसी

निकै प्रतिस्पर्धात्मक मतगणनाको परिणाम पछि अन्तत्वगत्वा  डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको राष्ट्रपति  चुनाव मा बाजी मारेका छन् । पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै उनीले राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका हुन् । तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन्।

हालसम्मको मतपरिणाम  अनुसार उनले यो महत्त्वपूर्ण राज्यमा जित हासिल गरेपछी उनीसँग २७३ इलेक्टरल कलेज मत हुनेछ जुन जितका लागि आवश्यक २७० मत भन्दा बढी हो।

उनी प्रतिस्पर्धात्मक निर्वाचनमा डोनल्ड ट्रम्पलाई पराजित गर्दै अमेरिकाको ४६औँ राष्ट्रपति हुने भएका छन्। तर ट्रम्प पक्षले भने  गैर कानूनी मतको बलमा निर्वाचन प्रभावित गरेको भन्दै हार  स्वीकार नगर्ने सङ्केत दिएको छ।

आफ्नो भर्जिनिया रिसोर्टमा गल्फ खेल्दै गरेका ट्रम्पले वक्तव्यमा निर्वाचन नसकिएको प्रतिक्रिया दिएका छन्।

“किन जो बाइडन विजेताको रूपमा गलत घोषणा गर्न र किन सञ्चारमाध्यम उनलाई सहयोग गर्न प्रयास गरिरहेका छन् भन्ने सबैलाई थाहा छ: उनीहरू सत्य बाहिर ल्याउन चाहँदैनन्,” लिखित विज्ञप्तिमा भनिएको छ।

विजयी हुने प्रक्षेपणपछि बाइडनले एक विज्ञप्तिमा भने: “मलाई र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसप्रति अमेरिकी नागरिले देखाएको विश्वासले मैले सम्मानित र धन्य महसुस गरेको छु।”

“अब निर्वाचन अभियान सकिएपछि आक्रोश र एकअर्काप्रतिको आरोपप्रत्यारोपलाई पाखा लगाएर एक राष्ट्रको रूपमा अगाडि आउनुछ। अमेरिका एक हुने समय हो।”

सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका छन् जुन कुनैपनि अमेरिकी राष्ट्रपतिले हालसम्म प्राप्त गरेको मतभन्दा बढी हो।बाराक ओबामाको आठ बर्षे कार्यकालमा उपराष्ट्रपति रहेका ७८ वर्षीय बाइडन अमेरिकाका सबैभन्दा बढी उमेरका राष्ट्रपति हुनेछन्।

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी
Latest posts by कुमार केसी (see all)

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?