- 1Share
अमेरिकी रास्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रंपलाइ पराजित गरी जो बाइडेन र उपरास्ट्रपति मा एसियन मूलका महिला कमला ह्यारिस निर्बाचित हुने निश्चित भएसंगै विश्व राजनीतिमा नयाँ तरंग आएको छ। नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि यो बिषयमा मिश्रित प्रतिक्रिया दिएका छन् । यसैवीच प्रधानमन्त्री के पी शर्मा ओली ले tweeter मार्फत नव निर्वाचित रास्ट्रपति बाइडेन र उपरास्ट्रपति ह्यारिसलाइ बधाई ज्ञापन गरेका छन ।
Heartiest congratulations to President-elect @JoeBiden and Vice-President-elect @KamalaHarris on your impressive and historic election victory. I look forward to working closely with the new US leadership in further strengthening friendly ties between our two countries.
— K P Sharma Oli (@kpsharmaoli) November 8, 2020
हामीले सामाजिक सञ्जाल फेसबुकमा सार्बजैनिक गरिएका केहि प्रतिक्रिया यहाँ प्रस्तुत गरेका छौ
गगन थापा
नेता नेपाली कांग्रेस
अमेरिकी चुनावी परिणामले विश्व राजनीतिलाई फेरी उदार लोकतन्त्र, सहकार्य र बहुपक्षीयता तर्फ डोर्याउँछ भन्नेमा विश्वास पलाएको छ।निःसन्देह,यो नतिजाले हाम्रो घर भित्रका र अन्य तिरका पनि अनुदार,जिङ्गोइस्टिक,र आत्मरतिमा अभिभूत नेता र सरकारलाई तह लगाउन प्रयत्नशील सबैलाई प्रेरित गर्नेछ।
रामशरण सिंखडा
एनआरएनएआइसीसी सदस्य
बधाई लेख्यो भने “धेरै बुझेका मित्रहरूले” २०औ बर्ष बेलायत बसेको छस, रातों पासपोर्ट गोजीमा राखेर राजनिती चासो राख्छस् भन्छन; गम्भीर अपराधै गर्याझै !!
यति त भन्नै पर्यो रंगभेदी र अतिबादी ट्रम्पको विसर्जन अवश्यंभावी थियो । भएछ !! यो खुसीसॉट्न अमेरीका निवासी Shailesh Shrestha जी, जो यस अभियावमा अहोरात खट्नु भएको छ लाई फ़ोन गरे – उठेन ! म्यासेज छाडे!
अमेरीकामा डोनाल जे ट्म्प, हिन्दुस्तानको बिहार राज्यमा डबल ईन्जिनवाला मोदी-नितेष अतिवादी गठजोड़ लगायत मौसमी राष्ट्रवादी (अतिबादी) हरू को हारको पर्खाई तमाम न्यायप्रेमी लोकतन्त्रबादीहरू आतुरको साथ पर्खाईमा थिए / छन! समय बलवान छ – हिस्दुस्तानकी चेलीको छोरी कमला उपराष्ट्रपतीमा मात्र छानिएकी छैनन – २०२४ को लागी राष्ट्रपतिको ढोका समेत खोलिकी छिन, हामी नेपालीहरू भने कता हराईरहेका छौ – बधाई ति हिम्मतवाला/हिम्मतवालीहरू लाई !!
नृपेश उप्रेती
गीतकार /पत्रकार
आफू भन्दा अघिका ५/७ राष्ट्रपति सबै कुनै न कुनै वाहनामा युद्धमा सहभागी भए। कैयौं शहर ध्वस्त पारे। कैयौं देश ध्वस्त पारे। लाखौं मान्छे मारिए। लाखौं बिस्थापित भए। उनी राष्ट्रपति भए पछि दुनियाँमा युद्धको तुफान आउने हल्ला चलाइयो। उनको स्पस्टता माथि धेरै अडकल बाजी काटियो। तर त्यस्तो भएन। सधैं युद्धको हुँहुँकार गर्ने उत्तर कोरिया चुपचाप लाग्यो। इरानको तुजुक पनि बिना युद्धै खतम भयो। सिरियामा पनि खासै चासो राखेनन्। इजरायलको केही अरबको राष्ट्रहरूसंग दौत्य सम्बन्ध कायम गराए। मलाई माफ गर्नू म भिडको पछाडि लाग्न सक्दिन। विश्व नागरिकको हैसियतबाट डोनाल्ड ट्रम्पको हारमा मैले हाँ मा हाँ मिलाउन सक्दिन। उनी जस्ता शान्तिप्रिय, कुटनैतिक रूपमा सफल नेता हार्नु विश्वको लागि दु:खद हो। जो माम्छेले एउटा युद्ध नै गरेन, आफ्नो देशको सर्वोपरि हित सुरक्षालाई महत्त्वपूर्ण मान्यो त्यो मान्छेलाई कसरी अतिवादी मानौ म! सामाजिक, आर्थिक, भौगोलिक, धार्मिक, जातिय, सम्प्रदायिक र रंग बिभेद कहाँ छैन दुनियाँमा।। हरेक घटनालाई एउटै आँखाले हेरिनु हुँदैन। उनको अभिव्यक्ति केही अलि उग्रता थियो तर मलाई लाग्दैन उनी बिभेदका पक्षापाती हुन्।
डोनाल्ड ट्रम्प समयले चिन्न नसकेको एउटा पात्र हुन्। प्रोपोगन्डाका शिकार हुन। समयले उनको छविलाई उच्च र महत्वलाई कुनै दिन उजागर गर्ने छ र आफ्नो गल्ती स्विकार्दै पछुताउनेछ।
मणि भट्टराई
कबि /लेखक
वाइडेन र कमला ह्यारिसलाई यति नेपालीले बधाई दिए कि त्यो बधाई पढ्दा पढ्दै वाइडेन र ह्यारिसको १ बर्षे कार्यकाल जाने भो ! अझै नेपालीमा लेखेको उल्था गरेर पढ्दा त झन् कति समय लाग्ला ?
खासमा त्यो बधाई बाइडेन र ह्यारिसलाई दिएको नभएर नेपालीले नेपालीलाई देखाउन दिएको हो । अझ ओहो ! त्यो त अमेरिकामा बस्छ, या अन्यत्र कतै भए पनि टाठोबाठो अमेरिकाको राजनीति समेत बुझेको रहेछ, त्यसले त अमेरिकाको राष्ट्रपतिलाई बधाई दियो, चिनेकै पो रहेछ कि भन्ने पार्न दिएको हो । अझ रिपब्लिकन समर्थक नेपालीहरूलाई देखाउन दिएको हो । नत्र वाइडेन र ह्यारिसलाई के पत्तो ! आफ्नै फेसबुकका साथीहरूलाई ढाडस दिनु सिवाय यस्ता बधाईको अर्थ मलाई बताईदिनुहोस् त मित्रहरू !
कार्यकाल सफलताको शुभकामना चाहिं दिए हुने हो ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021