- 17Shares
लोकप्रिय गायक तथा संगितकार सत्यराज आचार्यको नयाँ गीत ‘नजरको नशा’ सार्वजनिक भएको छ । सत्य/स्वरूप ईन्टरटेन्मेन्टबाट शुक्रबार गीतको भिडियो सार्वजनिक गीतको भिडियोमा सरोज राना प्रजा, अतिस जैरो, एलेक्स विश्वकर्मा र सविना आचार्यको अभिनय हेर्न सकिन्छ ।
गीतको शब्द राजेन्द्र सुबेदी छहारीले रचना गरेका हुन् । सत्य/स्वरूपको संगीत र किरण तुलाधरको संगीत संयोजन रहेको यो गीतमा सत्यराजको गायकी गज्जव खुलेको छ ।
बजारमा एकपछि अर्को गर्दै आइरहेका गीतहरू भन्दा यो गीत पृथक लाग्छ । एउटै प्रकृतिका गीत सुनेर थकित हुनुहुन्छ भने यो सिर्जना बास्तवमै गतिलो खुराक बन्न सक्छ ।
नवराज उप्रेतिको छायाँकन र नबिन निरौला सम्पादन रहेको गीतको भिडियो निर्देशन गम्भिर बिष्टले गरेका हुन् ।
- एनबीसी यूकेको ११ औं वार्षिकोत्सवको बेलानेपाली सेलिब्रेटीहरुको भर्चुअल मेलाहुने - February 22, 2021
- आनन्द भण्डारी को ‘हराएको खुशी’ राज सिग्देल को च्यानलमा - February 1, 2021
- बेलायतमा भव्य मुक्तक दिवस - January 31, 2021