नेपाली सेफ सन्तोष शाह बीबीसी मास्टर सेफको सेमी-फाइनलमा,भाङ्गको चट्नीले निर्णायकहरु लठ्ठिए

लन्डन । १९ नोभेम्बर बिहिबार साँझ बीबीसीबाट प्रसारित ‘मास्टर सेफ यूके २०२०’ को दोश्रो चरणको प्रतिस्पर्धामा आफ्ना चार जना प्रतिस्पर्धीलाई पछि पार्दै सन्तोष सेमी-फाइनलमा पुगेका छन् ।

नेपाली मूलका ब्रिटेनमा बसोबास गर्ने सेफ सन्तोष बबीसीबाट प्रसारण हुने विश्वकै प्रतिष्ठित हस्पिटालिटी क्षेत्रको टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ को १६ औं संस्करणमा सेमी-फाइनलमा पुगेका हुन् ।

सो प्रतिस्पर्धीमा सन्तोष एकमात्र एसिएन मुलका हुन् । धेरै जसो बेलायतमै जन्मेका सेफहरू सहभागी रहेको सो प्रतिस्पर्धी उनले चुनौतीको रुपमा लिएको बताए ।

लण्डनको प्रख्यात सेफहरु सग प्रशिक्षणसँगै काम गरिसकेका सन्तोष मास्टर सेफ प्रोफेशनल यूके मार्फत नेपालका विभिन्न प्रकारका खानालाई विश्वभरका लाखौँ मानिसहरुलाई परिचित गराएर अन्तर्राष्ट्रिय रुपमा अघि बढाउने उनको लक्ष्य लिएका छन् । इण्डियन कुइजिनबाट वर्षौंदेखि संगालेको अनुभवका आधारमा नेपाली खानालाई अघि बढाउन प्रयत्नरत छन् सन्तोष ।

सन्तोषले आफ्नो पाक कला देखाएर सेमी-फाइनलमा प्रवेश सफल भएका छन् । अब अर्को हप्तामा नकआउट प्रतिस्पर्धी हुनेछ ।

नकआउट प्रतिस्पर्धीमा एकदम कठिन परीक्षण हुनेछ किनभने सो प्रतिस्पर्धीमा सेफहरुको कौशलता र रचनात्मकता साथै चरम दबाबमा बाँच्न सक्ने क्षमताको परीक्षण हुनेछ ।

क्वार्टरफाइनलमा सन्तोषले ‘स्टार्टर’ मा टिमुर स्पाइस्ड अक्टपस विथ सिस्नु र आलुको तरकारी, भाङको चटनी र कर्कलोको पातको परिकार बनाएका थिए ।

त्यस्तै, मेन कोर्समा उनले पोलेको भेडाको मासु, खसीको झोल, बेथेको साग, गहुँको रोटी र माछा, तामाको अचारलगायत परिकार बनाएर प्रदर्शन गरेका थिए ।

सो संस्करणमा सन्तोषले पाककला मार्फत आफुलाई प्रतिस्पर्धाको लागि सर्वश्रेष्ठ प्रस्तुत गर्न सफल भएका छन् ।१३ वर्ष भारतका विभिन्न प्रतिष्ठित होटलमा काम गरेर सन्तोष सन् २०१० मा लन्डन आएका हुन् । लन्डनमा उनले ६ वटा रेष्टुरेन्ट र एक तारे होटलमा काम गरेर अनुभव हासिल गरिसकेका छन् । थुप्रै सेलिब्रेटी सेफहरुसँग काम गरेर खारिएका सन्तोष लन्डनको सिनामन किचेनमा हेड सेफको रुपमा काम गरिरहेका छन् ।

Facebook Comments