बिश्व एउटै घर

  • 300
    Shares

– आनन्द भण्डारी

भत्काए जंगल भत्किन्छ जीवन, उजाड बन्छ घर
वन र जन्तु मानव बीचमा, विश्वकै एउटै घर
 
बाँच र बचाऊ लता र वृक्ष, सन्ततिको चीत्कार
कोकिल-कवि रोएर भन्छन् को सुन्छ पुकार?
मानव जाति, बनेर स्वार्थि, हराई पापको डर
वन र जन्तु मानव बीचमा, विश्वकै एउटै घर
 
समृद्धि भन्दै महल बुन्दै, खनेर नै चिहान
जंगल मासि पृथिबी तलमा, केहोला सुन्दर बिहान
नराखी दृष्टि प्रकृति शृष्टि, मासिए चराचर्
वन र जन्तु मानव बीचमा, विश्वकै एउटै घर
 
सुस्केरी हाल्दै सुस्ताए वन, हार्दैन उनको मन
पहरा संग ढुङगाको कापमा, हुर्किन्छ पिपल बन
वृक्षको मौन मानव स्वार्थ, हराई मनका डर
वन र जन्तु मानव बीचमा, विश्वकै एउटै घर
 
भत्काए जंगल भत्किन्छ जीवन, उजाड बन्छ घर
वन र जन्तु मानव बिचमा, विश्वकै एउटै घर

Facebook Comments