हृदाघात कारण विश्व चर्चित फुटबल खेलाडी म्याराडोनाको निधन

  • 14
    Shares

लण्डन ।

कुमार केसी

विश्व चर्चित फुटबल खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ ।  ६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको ‘कार्डियक एरेस्ट’ बाट निधन भएको हो ।

नोभेम्बर शुरुतिर दिमागमा रगत जमेर बिरामी परेका उनलाई अपरेसन गरेर अस्पतालबाट घर फर्किएको २ सातापछि ह्दयाघात भएको बताइएको छ ।

पछिल्लो समय उनलाई अल्कोहलको लत छुटाउन उपचार नै आवश्यक परेको डाक्टरहरुले बताएका थिए ।

फुटबल जगतमा सर्वकालिन महान फुटबलरको रुपमा चिनिने म्याराडोनाले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए। उनले अर्जेन्टिनाबाट ४ पटक विश्वकप खेलेका थिए ।

उनले इंग्ल्याण्डविरुद्धको क्वाटरफाइनल खेलमा हातले गरेको गोल चर्चित छ। जसलाई ’ह्याण्ड अफ गड’ गोलको रुपमा लिइन्छ। यो गोलको पछिसम्म आलोचना भएको थियो।

क्लब करियरमा म्याराडोनाले लामो समय बार्सिलोना र नेपोलीका लागि खेलेका थिए ।

सन् १९९७ मा फुटबलबाट सन्यास लिएका म्याराडोनाले त्यसपछि सन् २००८ देखि २०१० सम्म अर्जेन्टिनाको प्रशिक्षकको रुपमा काम गरेका थिए। उनको प्रशिक्षणमा सन् २०१० को विश्वकप खेलेको अर्जेन्टिना क्वाटरफाइनलसम्म पुगेको थियो।तर, उक्त खेलमा अर्जेन्टिना वेस्ट जर्मनीसंँग १–० ले पराजित हुन पुग्यो।

म्याराडोनाको मृत्युमा अर्जेन्टिनाका राष्ट्रपतिले तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन्।

Facebook Comments
कुमार केसी