देवीप्रसाद चापागाईं
वनको मान्छे बनेको छ घरको
घरको मान्छे भएको छ परको
परको पनि स्वार्थले वरको
वरको पनि व्यवहारले परको

जन्माउने माता हुँदैछिन परको
रूपकी रानी बन्दैछिन वरको
सोझा पिताजी हुँदैछन् परको
जागिर र वित्त दिने वरको
टुकुटुकु हिंडाउने जमिन परको
दौलतको कुम्लो भिराउने वरको
अर्ति र बुद्धि दिने परको
नमस्कार र नाटक गर्ने वरको
आत्मज्ञान दिलाउने शास्त्र परको
प्रेमालापमा डुवाउने वरको
मृदु भाषी मितभाषी सबै परको
माथि चढाइ फेद काट्ने वरको
सेाझा जनता बिस्तारै परको
कमिसनको थैलो ल्याउने वरको
प्रल्हाद जनक जन्माउने परको
कंस रावण हुर्काउने वरको
परलोक सुधार्ने देवता परको
हाताहाती दिलाउने भुत वरको
कसरी चल्ला दिन अवको
नसाेचि हुन्न वर र परको
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021