प्रतिमा केसी
मुक्तक नं १-
कहाँ छ सुरक्षा त्रासले जीवन र मन अस्थिर उस्तै छ
अझै चिन्ता, चिन्तन , जिम्मेबारी र जन्जिर उस्तै छ
भगवानको भक्त तिनै छन् नपत्याए मन्दिरको लाम हेर्नुस
फेरिएको केवल समय हो महिलाको तक्दिर उस्तै छ

मुक्तक नं २-
सुकिलाहरु मैलो बनाउंछन सामजिक हिंसा हुन्छ बार बार
सक्षम कम सक्षम सबैमाथि मानसिक हिंसा हुन्छ बार बार
समाज संस्कार र पैतृक चिन्तनसंग लड्नु पनि कति लड्नु !
महिला जातीहरु माथि अझै पाशविक हिंसा हुन्छ बार बार
मुक्तक नं ३-
समाजका बुद्धिमान भनिनेहरुले बौद्धिक हिंसा गर्छन
पाखुरामा बल भएकाहरुले झन भौतिक हिंसा गर्छन
ठुला ठुला कुरा चाहिन्न सानो काम लगाउनेहरु पनि
श्रम बराबर ज्याला फरक दिइ आर्थिक हिंसा गर्छन
मुक्तक नं ४-
बोक्सीको आरोपमा कुटपिट र एसिड प्रहार हुन्छ
छाउ गोठमा अझै पनि छोरीको मृत्यु बारबार हुन्छ
महिला हिंसा दर बढीरहेको छ ! अझै धेरै दुख्छु म
जव बलत्कारको साक्षी गणतान्त्रिक सरकार हुन्छ
प्रतिमा के सी
सैनामैना -रुपन्देही
हाल बेलायत
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021