पासा पुच गुथी यू के रिडिङ्गको दशौँ वार्षिक साधारण सभा सम्पन्न

लण्डन -काठमाडौँ सम्बाददाता

पासा पुच गुथी यू के रिडिङ्गको दशौँ वार्षिक साधारण सभा २ जनवरी २०२१ मा भर्चुअल प्लाट्फर्म मार्फत सम्पन्न भयो। गुथीका अध्यक्ष जानकी कायस्थको अध्यक्षतामा भएको सो साधारण सभामा गुथीले बर्ष २०१८-२०२० मा सन्चालन गरेका गतिबिधीहरु लाई अनुमोदन गरेको थियो। पासा पुच गुथी यू के केन्द्रिय समन्वय समिती का अध्यक्ष्य वजेश सिङ्ग डङ्गोलको प्रमुख आतिथ्य तथा गैह्र आबासिय नेपाली संघ बेलायतका उपाध्यक्ष्य रोजिना प्रधान राईको बिशेष आतिथ्यमा सप्मन्न सो भेलाले आगामी २ बर्षको लागि १९ सदसीय कार्य समिती निर्बिरोध चयन गरेको छ । नयाँ कार्यसमितिमा महासचिव र सचिव बाहेक सबै पदहरुमा अध्यक्ष्य लगायत सबै गत कार्यसमितीहरु नै दोहोरिएका छन । जस अनुसार अध्यक्ष्यमा जानकी कायस्थ, उपाध्यक्ष्यमा दिब्य महर्जन, महासचिवमा रजनी श्रेष्ठ सचिवमा सुधान्शु मल्ल,कोषाध्यक्ष्यमा लक्षमण् श्रेष्ठ र सदस्य हरुमा अप्सरा श्रेष्ठ,बबी श्रेष्ठ,बिना श्रेष्ठ ,डिल्ली श्रेष्ठ ,हिना श्रेष्ठ ,ललिता श्रेष्ठ ,मैना तुलाधर, मेनुका श्रेष्ठ , नीलम श्रेष्ठ , रोजी श्रेष्ठ ,साबित्र श्रेष्ठ ,सजना नकमी ,सुबर्ण श्रेष्ठ , र सुश्मा प्रधान रहेका छन् । नयाँ कार्य समिती चयन को लागि पूर्व अध्यक्ष्य राजेन्द्र श्रेष्ठ, सुदर्शन श्रेष्ठ र रमेश श्रेष्ठ रहनु भएको ३ सदस्यिय निर्बचन समिती गठन गरिएको थियो।

गुथीले कार्यकालको बर्ष २०१९ मा कुची भोयं, लंडन च्याप्टरको सहकार्यमा रन्जना लिपीको तालिम संम्पन्न गरेको साथै कोभिडको बिषम परिस्थितीमा भर्चूअल म्हपुजा, कुची भोयं, योमरी पुन्ही जस्ता कार्यक्रमहरू सम्पन्न गरेको आफ्नो प्रतिवेदनमा प्रश्तुत गरेको थियो । प्रमुख अतिथी केन्द्रिय अध्यक्ष्य वजेश सिङ्ग डङ्गोलले रिडिङ्ग गुथिले केन्द्रमा गरेको समन्वय र महामारीको समयमा केन्द्रले स्थापना गरेको हेल्प लाईनमा पुर्‍याएको सहयोग प्रति आभार प्रकट गर्दै सबैलाई धन्यवाद व्यक्त गरे।

यसै गरी बिशेष अतिथी रोजिना प्रधान राईले नेपालको गौरवशाली नेवा संस्कृतिको बिदेशमा रहेर पनि प्रबर्धन गर्न पासा पुच गुथी यू के रिडिङ्गले गर्दै आएका गतिविधि हरूको सराहना गरेका थिए ।

पासा पुच गुथी अल्डर्सट का अध्यक्ष्य केसव श्रेष्ठ,पासा पुच गुथी रीडिङ्गका सल्लाहकार डा सन्तोष प्रधान ,दिपेश श्रेष्ठ, यादव श्रेष्ठले निबर्तमान समितीलाई सफलतापूर्वक कार्यकाल सम्पन्न गरेकोमा बधाई र नयाँ कार्यसमितीलाई शुभकामना दिएका थिए ।

बेलायतमा रहेका नेवारी लगायत अन्य समुदायमा नेवारी परम्परा र संस्कृतिको सम्बर्धन तथा प्रबर्धन गर्ने उदेस्य ले स्थापना भएको पासा पुच गुथी यू के बेलायतको कानुन अन्तर्गत च्यारिटी कमिसनमा दर्ता भएको ट्रष्ट हो । लण्डन् , साउथ इष्ट लण्डन् , अल्डर्सट , स्कट्ल्यान्ड , वेल्स , र रिडिङ्ग गरी ६ वटा यसका च्याप्टरहरु छन् ।

संचालन गरेको गतिबिधी को भिडियो को लागि लागि कृपया यस् लिन्कमा क्लिक गर्नु होला:

तपाइको प्रतिक्रिया (Facebook )

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?