ग्रेटर रिडिङ नेपाली कम्युनिटी एसोसिएसनले ग्रेटर रिडिंग नेपाली समाज (GRNCA) द्वारा संचालित योगा बाट नेपाली समुदाय लाभान्वित हुदै आएका छन् ।
समाजले यो महामारीको समयमा लकडाउनका कारण घर भित्र बसिरहनु पर्ने अबस्थामा शारिरिक तथा मानसिक अस्वस्थता हुन सक्ने सम्भावनालाई मध्यनजर गरेर आफ्ना सदस्य एबम बिशेषगरी नेपाली समुदायलाई स्वास्थ्य सम्बन्धी गतिविधि संचालन गर्दै आएको कुरा संस्थाको अध्यक्ष टेक गुरुंग ले लण्डन काठमाडौंलाई जानकारी गराएको छ। समाजले हरेक आईतबार बिहान ०९:०० बजे र शनिवार बिशेष गरि महिलाहरुका लगि बिहान ०९:३० बजे एक घण्टा बिशेष तालिम प्राप्त नेपाली प्रशिक्षकबाट योगा कक्षाहरु संचालन गर्दै आएको छ।

समाजका उपाध्यक्ष तथा प्रोजेक्ट ग्राण्ट संयोजक यादब श्रेष्ठका अनुसार रिडिंग बरो काउन्सिल अन्तर्गत रहेको रिडिंग भोलुन्टीयर एक्सन (RVA) र बर्कसायर कम्यूनिटी फ़ाउन्डेशन (BCF) को सौजन्यमा संचालित यस योगा कार्यक्रममा आईतबार पुरूष र शनिवार बिशेष गरि महिलाहरुका लागि हथ योगा,साउण्ड हिलिंग थेरापी,अष्ठ बिन्यासा,वेट लस, बड़ी स्ट्रेच सम्बन्धि योगा संचालन गर्दै आएको छ।
ढॉढ कम्मर दुख्ने , घुडाको समस्याहुने हरुका लागि समाजले शनिबार बेलुकी ०६:०० बजे पनि छुट्टै बिशेष योगा अभ्यास संचालन गर्दै आएको छ ।
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021