रिडिंग नेपाली समाजले क्यान्सर सचेतना कार्यक्रम गर्दै

  • 34
    Shares

रिडिङ,लण्डन। बढ्दो  महामारीको बेला धेरै लामो समय घर भित्रै बस्नु पर्ने, खुला ठाऊमा अभ्यास गर्न वा डुल्न नपाऊदा शारीरिक एवम मानसिक कमजोरी दिनानुदिन बढ्दै गएको छ। साथै स्वास्थ्य सेवा (GP)पनि सहज नभई रहेको अबस्थामा रिडिंग नेपाली समाजले भर्चुअल प्लेटफर्म जूम मार्फत  क्यान्सर सचेतना कार्यक्रम गर्ने भएको छ । यहि ३१ जनवरी दिऊसो ३:०० बजे देखि ५ :०० बजेसम्म आयोजना हुने सो कार्यक्रममा बेलायतको प्रख्यात अस्पतालमा कार्यरत डाक्टर सन्तोष प्रधान र  क्यान्सर रोग सचेतना अभियन्ता निशा तिवारी शर्मा ले सहभागीहरुको जिज्ञाशामा राय दिने छन्  ।

बेलायतमा रहेका नेपाली समुदायमा क्यान्सर रोग लाग्ने गरेको र समयमा नै थाहा पाउन नसक्दा झन बढ़ी जोखिम भएको तथ्यहरु सार्वजनिक भई रहेको छ। रेडिङ नेपाली समाजका अध्यक्ष टेक गुरुंगका अनुसार यो रोग शुरुमा सामान्य देखिने र यस सम्बन्धी जनमानसमा त्यती धेरै ज्ञान पनि नहुने र अस्पताल वा डाक्टरकोमा पुग्दासम्म सेकेण्ड स्टेजको क्सान्सर डायग्नोस भएको घटनाहरू गम्भीर हुने गरेको छ ।

यसै सन्दर्भमा समाजले क्यान्सर रोग सम्बन्धी शिक्षा अभियान क्षेत्रमा कार्यरत बिशेषज्ञ र बेलायतको प्रख्यात अस्पतालमा कार्यरत डाक्टर मार्फत नेपाली समुदायमा क्यान्सर सचेतना कार्यक्रम यहि ३१ जनवरी दिऊसो ३:०० बजे आयोजना गर्न लागेको कुरा समाजका उपाध्यक्ष तथा परियोजना संयोजक यादब श्रेष्ठले लन्डन काठमाडौँ लाइ बताए । रिडिंग भोलण्टीयर  एक्सन (RVA) र बर्कसायर कम्युनिटी फ़ाऊंडेशन (BCF)ले आह्वान गरेको कोरोना भाईरस कम्युनिटी एक्सन “फ़ण्डमा बिड गरी प्रतिश्पर्धामा समाजले यस सम्बन्धी कार्यक्रमहरु गर्न कोष प्राप्त गरेको र यसै अन्तर्गत समुदायको लागि “मेण्टल एण्ड फिजिकल वेलबिईंग थ्रु भर्चुअल प्लाटफर्म” परियोजना मार्फत योगा,स्वास्थ्य संबाद कार्यक्रम संचालन गरिरहेको छ।

नेपाली समुदायमा ज्यादै उपयोगी रहने यस कार्यक्रमबारे जनमानसमा पुर्याऊन रिडिंग समाजले सबैलाई अनुरोध गरेकोछ। जुम र फ़ेसबुक लाईभमा प्रशारण हुने यस कार्यक्रममा क्यान्सर रोगबाट बच्ने ऊपाय र शंका लागेमा चिकित्सकहरु सम्म कसरी पहुंच पुर्याउने आदी जिज्ञासा राख्न सकिने र त्यसको लागि अहिले देखि नै फ़ोन 07814 020815 मा मेसेज पठाउन सकिने  वा यो तलको लिंकमा रहेको ई – फाराममा पठाऊन सकिने कुरा समाजका का. बा. महासचिब मनि सुबेदीले जानकारी दिनु भयो ।
संकलन भएको प्रश्न वा जिज्ञासालाई कार्यक्रममा बिषय बिशेषज्ञहरुबाट सुझाव दिईनेछ।

यो कार्यक्रम समाजको grnca Pariwar र london-Kathmandu.com फ़ेसबुक पेजबाट प्रशारण गरिने छ। प्रश्न वा जिज्ञासाको लागि यो लिंक प्रयोग गर्नु होला:
https://docs.google.com/forms/d/e/1FAIpQLSfFnSziGY253WpQIRkG4IhwrZlSLkIKqfMZqJgQGoSqwTxkWw/viewform

Facebook Comments