मुक्तक प्रतिष्ठान युकेको प्रेमिल मुक्तक वाचन हुने

कुमार केसी, १३ फेब्रुअरी २०२१

नेपाल मुक्तक प्रतिष्ठान युके च्याप्टरले १४ फेब्रुअरीका दिन प्रेम दिवशको उपलक्ष्यमा प्रेमिल मुक्तक वाचन कार्यक्रम गर्ने भएको छ। प्रतिष्ठानको १२ फेब्रुअरीमा बसेको बैठकले गत माघ १८ गते रास्ट्रिय मुक्तक दिवशको दिन सम्पन्न भएको मुक्तक दिवशको समिक्षा समेत गर्दै यो मुक्तक वाचन गर्ने कार्यक्रमको आयोजना गर्न लागेको कुरा यस कार्यक्रमका संयोजक भरत लोहोरुंग राइले बताउनु भएको छ ।

उक्त कार्यक्रममा बेलायत च्याप्टरका अध्यक्ष्य दुर्गा प्रसाद पोखेरल र उपाध्यक्ष्य प्रतिमा केसीको बिशेष प्रस्तुती रहने छ भने चर्चित मुक्तककारहरु रमेश कायस्थ, बाशु शर्मा र मुकेश राइले अतिथीको रुपमा आफ्नो मुक्तक बाचन गर्नु हुनेछ ।

मुक्तक वाचनमा मुक्तक प्रतिष्ठान युकेका सल्लाहकारहरु डा. रुपक श्रेष्ठ, सुमल कुमार गुरुङ र बिनोद अधिकारी, महासचिब नृपेश उप्रेती, कोषाध्यक्ष राज श्रेष्ठको समेत प्रस्तुति रहने छ भने प्रतिष्ठानका सदस्यहरु कुमार केसी, रबिन जोशी, सेमन्त राइ, भरत लोहोरुङ राइ, नानु राना र मोहन आचार्य ‘जलद’ लगायतका मुक्तककारहरुको प्रस्तुति रहने छ । उक्त कार्यक्रम मुक्तक प्रतिष्ठान युके च्याप्टर र लन्डन काठमान्डौ नेपालको फेसबुक पेजबाट समेत प्रत्यक्ष्य प्रसारण गरिने छ ।

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?