मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न

१४ फेब्रुअरी  २०२१

कुमार केसी

नेपाल मुक्तक प्रतिष्ठान युके च्याप्टरले १४ फेब्रुअरीका दिन प्रेम दिवशको उपलक्ष्यमा एक भब्य प्रणय मुक्तक वाचन कार्यक्रम सम्पन्न गरेको  छ ।  प्रतिष्ठानका अध्यक्ष्य दुर्गा प्रसाद पोखरेलको अध्यक्ष्यता, उपाध्यक्ष्य प्रतिमा केसीको स्वागत, सेमन्त राईको संचालन तथा भरत संयोजक लोहोरुंग राईको संयोजनमा उक्त कार्यक्रम सम्पन भएको छ । जुम बिधीबाट गरिएको उक्त कार्यक्रमका अतिथी बक्ताहरुमा मुक्तककार रमेश कायस्थ, बासु शर्मा र मुकेश राई थिए  ।

मुक्तक वाचनका सहभागीहरु

दुई चरणमा गरिएको उक्त कार्यक्रममा बिशेष मुक्तक वाचकहरुले पहिलो चरणमा ५।५ वटा तथा दोस्रो चरणमा ५।५, अतिथी तथा प्रतिष्ठानका सदस्यहरुले पहिलो चरणमा ३।३ र दोस्रो चरणमा २।२ गरी करिब ९५ वटा रसिला मुक्तकहरु वाचन गरेका थिए । बेलायत च्याप्टरका अध्यक्ष्य दुर्गा प्रसाद पोखेरल र उपाध्यक्ष्य प्रतिमा केसीको बिशेष प्रस्तुती रहको थियो भने चर्चित  मुक्तककारहरु रमेश कायस्थ, बाशु शर्मा र मुकेश राईले अतिथीको रुपमा आफ्नो मुक्तक वाचन गरेका थिए ।

मुक्तक वाचन कार्यक्रम

लन्डन काठमाडौँको फेसबुक पेजबाट प्रत्यक्ष्य प्रसारण गरिएको त्यस प्रणय वाचनमा मुक्तक प्रतिष्ठान युकेका प्रमुख सल्लाहकार डा. रुपक श्रेष्ठ, सल्लाहकारहरु सुमल कुमार गुरुङ र बिनोद अधिकारीले पनि आफ्नो मुक्तक वाचन गरेका थिए । त्यसै गरी उक्त कार्यक्रममा प्रतिष्ठानका राज श्रेष्ठ, कुमार केसी, रबिन जोशी, सेमन्त राई, भरत लोहोरुङ राई, नानु राना, अहिल्या कुँवर र मोहन आचार्य ‘जलद’ लगायतका मुक्तककारहरुको सशक्त  मुक्तक प्रस्तुति रहेको थियो । उक्त कार्यक्रमका बीएफबीएस गोर्खा रेडियोका म्यानेजर योगराज राईको समेत सहभागीता  थियो । प्रस्तुत सबै मुक्तकहरु बीएफबीएस गोर्खा रेडियोबाट समेत क्रमश प्रसारण हुनेछन भने यसलाई केही सृजनाहरु थप गरेर पुस्तकको रुपमा प्रकासन समेत गरिने कुरा बताइएको छ ।  कार्यक्रमको अन्तमा प्रमुख सल्लाहकार डा. रुपक श्रेष्ठले प्रस्तुत गरिएका मुक्तकहरुमा आफ्नो समिक्ष्यात्मक टिप्पणी राखेका थिए ।

कार्यक्रममा प्रस्तुत सबै मुक्तकहरु यहाँ सुन्न सकिन्छ :प्रेम दिवस बिशेष मुक्तक बाचन

 

तपाइको प्रतिक्रिया (Facebook )
कुमार केसी

यो खबर पढेर तपाईंलाई कस्तो लग्यो ?