रमेश कायस्थ
ऐठन सहेर पनि हाँसिदिनुपर्ने दबाबमा बाँचेको छ
खुशी देखिन हरेक पल मान्छे तनाबमा बाँचेको छ

सुख, समृद्धि र प्राप्ति मात्रै सफलताको कसी होइन्
जिन्दगि उसैले बुझेको छ जो अभावमा बाँचेको छ
देखेर कसैको रंग र रुप भ्रममा नपर्नु साथी
यो शहरमा हरेक मान्छे नकाबमा बाँचेको छ
छातीमा असैह्य पीडा बोकेर लड़खडाउंदै हिंडे म
देख्नेले बेमतलब भनिदियो यो सराबमा बाँचेको छ
ऐठन सहेर पनि हाँसिदिनुपर्ने दबाबमा बाँचेको छ
खुशी देखिन हरेक पल मान्छे तनाबमा बाँचेको छ
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by रमेश कायस्थ (see all)
- कुलवीरको कदर - October 1, 2021
- माता पितामा समर्पित ५ मुक्तकहरु - September 7, 2021
- “सबैको साझा उम्मेदवाररुपमा अघि बढ्ने प्रयासमा छु” – रामशरण सिम्खडा - August 29, 2021